Author: एनआरएन

काठमाडौं। सन् २०१० को विश्वकपमा जाभीसहितको स्पेन फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलोपटक विश्व च्याम्पियन बनेको थियो। नेदरल्यान्ड्स भने तेस्रोपटक पटक विश्वकपको फाइनल पुगेर उपविजेतामै सिमित भयो। विश्वकपमा हरेकपटक उपाधि दावेदार भएर हालसम्म विश्व विजेता बन्न नसकेको नेदरल्यान्ड्सको प्रमुख प्रशिक्षक बनेर बार्सिलोनाका लिजेन्ड मिडफिल्डर जाभी हर्नान्डेज पुगेका छन्। उनी सन् २०३० सम्म डच टोलीको प्रशिक्षक रहनेछन्। यसबीचमा नेदरल्यान्ड्सले आफ्नो अ भागी छवी फेर्ने विश्वास उनिहरुका समर्थकको छ। जाभी अन्तिमपटक बार्सिलोनाको प्रशिक्षक थिए, २०२४ सम्म। त्यसयता उनी प्रशिक्षकको जिम्मेवारीमा थिएनन्। यहाँ उल्लेखनीय के छ भने जाभी नेदरल्यान्ड्सको प्रमुख प्रशिक्षक हुने ४८ वर्षयताकै पहिलो विदेशी हुन्। यसअघि सन् १९७८ मा अन्तिमपटक नेदरल्यान्ड्समा विदेशी प्रशिक्षक…

Read More

काठमाडौं। कुमारी बैंक लिमिटेडको गढवा शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको बीमा सुविधाबमोजिम लाभग्राहीलाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ ।श्रीमती खुमा पौडेलका श्रीमानको दुःखद् दुर्घटनाजन्य निधन पश्चात परिवार सुरक्षा बचत खातासँग सम्बन्धित बीमा दाबी प्रक्रिया पूरा भएपछि कुमारी बैंकको गढवा शाखाले १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो । उक्त रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास बैंकले लिएको छ ।कुमारी बैंकले ग्राहकहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनाहरूसँग आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । परिवार सुरक्षा बचत खाता अन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित…

Read More

काठमाडौं। रास्वपा सभापती रवि लामिछानेले आजको भोली नै परिणाम खोज्दा विकल्प सोच्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बोल्नेक्रममा धेरै युवाहरुलाई पार्टीले सदनमा पुर्‍याएको उल्लेख गर्दै रास्वपा सभापती रवि लामिछानेले भने : आज छोटो समयमा नै रिजल्ट खोज्ने जुन परिपाटी बनेको छ, त्यो परिपाटी कायम रह्यो र तत्कालै आजको भोली नै परिणाम खोज्ने बानी पार्‍यौँ भने भोली विकल्प खोज्नुबाहेक हामीसँग विकल्प रहँदैन। विकल्प खोज्नु विकल्प हैन, निर्विकल्प बन्नु चाहीँ विकल्प हो। उनले विकल्प खोज्नुपर्ने अवस्थाबारे पनि उल्लेख गरे। उनले भने : हो, विकल्प खोज्नुपर्छ जब सहि बाटोमा हिड्न छोड्दछ को ही र आम मान्छेको कुरा सुन्न छोड्दछ…

Read More

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका आईजिपी दानबहादुर कार्कीको घरबाट ३ करोड रुपैयाँभन्दा बढी चोरी भएको खबर सुनेको भन्दै त्यसलाई स्पष्ट पार्न उनलाई आग्रह गरेका छन। नेपाल प्रहरीका आईजिपी दानबहादुर कार्कीकै सामुन्ने रास्वपा सांसद खगेन्द्र सुनारले सोधे : ‘आईजिपी साबको घरबाट ३ करोड रुपैयाँभन्दा बढी पैसा चो री भयो, त्यो चो रीमा संलग्न भएको भनिएका मान्छेहरुलाई पुलिसको विशेष ब्युरोले लगेर या तना दिइरहेको छ भनिएको छ, तपाईको घरमा चोरी भएको हो की होइन , बताउनु होला। आईजिपीकै घरमा चोरी भयो भने जनताले चाहीँ के गर्ने त ? भन्दै उनले प्रश्न गरे। उनले भने : आईजिपी…

Read More

काठमाडौँ। सरकारले एनसेल आजियाटाको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णय पछि सूचना तथा सञ्चार मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो । समितिको प्रतिवेदनअनुसार एनसेल आजियाटा साविकको स्पाइस सेल प्रालिका रूपमा विसं २०५८ मा स्थापना भएदेखि हालसम्म १४ पटक शेयर तथा स्वामित्व खरिद–बिक्री भएको छ । तीमध्ये अधिकांश कारोबार नेपालबाहिर अफसोर संरचनामार्फत भएको र त्यससँग सम्बन्धित सम्पूर्ण अभिलेख तथा विवरण नेपालका सम्बन्धित आधिकारिक निकायमा पेश भएको नदेखिएको समितिको…

Read More

काठमाडौं : विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को भव्य उद्घाटन भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो मंगलबार बिहान नेपाल प्रहरी क्लबमा विशेष औपचारिक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।स्पेसल प्यानल अफ गेस्टले उद्घाटन गरेको कार्यक्रममा नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकै ठाउँमा ल्याउने साझा मञ्च भएको बताइन् । उनले पटक–पटक फेरिने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता सिर्जना गरेकाले नयाँ लगानी भित्रिन समस्या भइरहेको बताइन् । उनले…

Read More

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गरिएको छ। न्यायाधीश बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले धरौटी माग गर्ने आदेश दिएको हो।आफूविरुद्ध मुद्दा दायर भएपछि गोल्छा मंगलबार विशेष अदालतमा उपस्थित भएका थिए। विशेष अदालतले मंगलबार थुनछेक बहसपछि एक करोड रुपैयाँ धरौटी माग गरेको हो। यसअघि अरु दुई कसुरमा काठमाडौं जिल्ला अदालतले उनीसँग कुल एक करोड धरौटीमा मागेका बुझाएर छुटेका थिए। हिमालयन रि इन्सुरेन्सको विवादमा सीआईबीले उक्त संस्थाका पूर्व अध्यक्ष गोल्छालाई पक्राउ गरेको थियो। पछि उनलाई सर्वोच्च अदालतले बन्द प्रत्यक्षिकरण रिटमा छाड्न आदेश गरेको थियो। गोल्खा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत…

Read More

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम शून्य दशमलब पाँच प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन् । जसअनुसार, हालको आधारदरमा न्यूनतम् ब्याजदर ५.२५ प्रतिशत ब्याजदर कायम हुन्छ । बैंकको आधारदर घटबढ भएअनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ । साथै, बैंकले नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी किन्ने ग्राहकहरुको लागि ३ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ । ३ वर्ष पश्चात् उक्त कर्जाको दर बैंकको…

Read More

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको ODI कप्तानमा सन्दीप लामिछाने फर्किएका छन्। नेपाल क्रिकेट संघ-क्यानले रोहित पौडेललाई हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको छ। उनले आगामी एसिसि प्रिमियर कपदेखि नेपालको कप्तानी गर्नेछन्। यस अघि सन् २०२२ मा सन्दीपमाथी गम्भि र आरो प लागेपछि उनी नि लम्बनमा परेका थिए र नयाँ कप्तान रोहितलाई घोषणा गरिएको थियो। रोहितको कप्तानीमा नेपालले दुईपटक टी-२० विश्वकप र पहिलोपटक एसिया कप खेल्न सफल भएको थियो। यस्तै लगभग असम्भव मानिएको अवस्थाबाट नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको थियो भने पहिलोपटक टेष्ट राष्ट्रलाई पनि हराएको थियो। हालै नेदरल्यान्ड्स भ्रमणका क्रममा नेपालले विश्वकप लिग-२ शृंखलाका चारवटै खेल हा रेपछि कप्तान रोहित पौडेल…

Read More

काठमाडौं। राप्रपा सांसद ज्ञानेन्द्र शाहीले मदिरा सेवन गरेर फेसबुक लाइभमा बोलेको र उनको भनिएको अश्लिल भिडियोबारे प्रष्टिकरण दिएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै शाहीले आरोपहरु निराधार भएको बताए। उनले भने : आज ममाथि गम्भीर किसिमको आरोप लागेका छन् । रक्सी खाएर जे पायो त्यही बोल्यो, अश्लील भिडियोहरू आए भन्ने आरोप लगाइएका छन् । म सिंगो देशलाई साक्षी राखेर यो संसद्को रोष्ट्रममा उभिएर प्रतिनिधिसभाको एक सांसदको हैसियतले सम्माननीय सभामुख र सिंगो संसद्सँग अपिल गर्न चाहन्छु, यही संसद्मा स्वास्थ्य विभाग छ । स्वास्थ्यकर्मीसहितको टोली राखियोस्। चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अंग जाँचियोस् । मेरो रगतदेखि छालासम्म परीक्षण गरियोस् । जन्मदेखि अहिलेसम्म…

Read More