



Author: एनआरएन
काठमाडौं। चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनमा भएको आगलागी, तोडफोड र ज्यान गएको घटनामा दुर्गा प्रसाईलाई प्रमुख अभियुक्त बनाएर अदालतमा मुद्धा दायर भएको छ। काठमाडौं जिल्ला प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले ६१ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गरिएको छ। दुर्गा प्रसाईसहित ७ जनाविरुद्ध ज्यान मारेकोसहितका कसुर लगाइएको छ। प्रहरीले नियन्त्रणमा लिएका राप्रपा नेताहरु धवलशमशेर जबरा, रविन्द्र मिश्रले पनि उक्त कार्यक्रमको आयोजक दुर्गा प्रसाई भएकाले सम्पूर्ण जिम्मेवार दुर्गा प्रसाई नै भएको बयान दिएका थिए। चैत १५ गतेको राजावादी प्रदर्शनमा प्रदर्शनकारीले जलाएको घरभित्र परेर एक जना पत्रकारको ज्यान गएको थियो भने प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारी मारिएका थिए।…
काठमाडौं। तत्कालिन सभामुख तथा माओवादीका प्रभावशाली नेता कृष्णबहादुर महराविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाही आइतबार मृत भेटिइन्। भक्तपुरको बालकोटस्थित डेरा कोठा भित्रबाट चुकुल लगाएको अवस्थामा ५० वर्षीय शाही घोप्टो परेर लडिरहेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। प्रहरीले मृत शाहीको नजिकैबाट सुसाइडट नोटजस्तो सामग्री पनि फेला परेको छ जसका आधारमा शाहीले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक आशंका गरेको छ। तर शाहिले कसरी आत्महत्या गरिन् भन्ने प्रहरीले यकिन गर्न सकेको छैन। शरिरमा कुनै बाहिरी चोटपटक छैन। विस सेवन गरेको हुन सक्ने अवस्था भएपनि घटनास्थलबाट औषधीको कुनै पत्ता वा वोतल फेला पारेको छैन। घटना हुँदा डेरामा रोशनी एक्लै थिइन्।…
काठमाडौं। काठमाडौं तिनकुनेमा चैत १५ गते राजावादी प्रदर्शनका क्रममा भएको घटनामा दुर्गा प्रसाईसहित ७ जनाविरुद्ध ज्यान मारेको अभियोग लागेको छ। त्यस घटनामा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको थियो भने एक घरभित्र प्रदर्शनकारीले आगो लगाउँदा भिडियो खिचिरहेका पत्रकार सुरेश रजकको ज्यान गएको थियो। दुर्गा प्रसाईको नेतृत्वमा भएको उक्त प्रदर्शनलाई राजसंस्था पुनर्स्थापनाको एजेन्डसहित बनेको संयुक्त जनआन्दोलन संघर्ष समितीले पनि साथ दिएको थियो। प्रसाईलाई समितिले कमान्डर नै तोकेको थियो। घरभित्र पुगेर आगो लगाउने र तोडफोडमा संलग्न देखिएका सबै ७ जनालाई ज्यान मारेको अभियोग लगाएर आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर भएको छ। प्रसाईविरुद्ध राज्यविरुद्धको कसुर, ज्यान सम्बन्धी कसुर, ज्यान मार्ने उधोग…
काठमाडौं। तत्कालिन सभामुख कृष्णबहादुर महरालाई बलात्कार प्रयाशको आरोप लगाउने महिला मृत भेटिएकी छिन्। जाजरकोट स्थायी घर भएकी ५० वर्षीय रोशनी शाही बालकोटस्थित आफ्नै डेरामा मृत भेटिएको प्रहरीले जनाएको छ। शाही डेरामा एक्लै थिइन्। भित्रबाट चुकुल लगाएको अवस्थामा शाही मृत भेटिएको र सुसाइड नोटजस्तो नोट पनि फेला परेको प्रहरीले जनाएको छ। शाहीका छोराछोरी विदेशमा छन् भने श्रीमान काठमाडौं उपत्यकाबाहिर थिए। रोशनीले बलात्कार प्रयाशको आरोप लगाएपनि अदालतले महरालाई सफाई दिएको थियो। शाहीले यसअघि आत्महत्या प्रयाश गरेको र उनी डिप्रेसनको विरामी रहेको समाचारहरु बाहिर आएका थिए। महरा २०७६ असोजमा बलात्कार आरोपपछि पक्राउ परेका थिए। आफु एक्लै घरमा रहेका बेला महराले मदिरा सेवन गरि…
काठमाडौं। भिजिट भिषा सेटिङमा नाम जोडिएपछि अब छानबिनका लागि र नैतिकका आधारमा राजिनामा दिनुपर्छ भनेर दबाब बढ्दै थियो तर गृहमन्त्री रमेश लेखकले शनिबार घुमाउरो पारामा प्रश्न गरे– किन राजिनामा दिनु ? गृहमन्त्री लेखकले आफ्नो संलग्नता ठाडै अस्विकार गरेका छन् र कसैले पुष्टी गरे आफु राजनीतिबाटै अलग हुने च्यालेन्ज पनि गरेका छन्।उनकै पार्टिका वरिष्ट नेता शेखर कोइरालाले नैतिकताका आधारमा पनि लेखक गृहमन्त्रीको पदमा बस्न नहुने बताएपछि गृहमन्त्री प्रकरण अझ पेचिलो बनेको छ।लेखकले गृहमन्त्रालयका कर्मचारीमाथी अनुसन्धान भइरहेका बेला गृहमन्त्रीकै राजिनामा माग्नु तर्कसंगत नहुने दावी गरिरहेका छन्। शनिबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृहमन्त्रीको राजिनामा माग गरेको थियो। विगतमा लेखकले मन्त्रीमाथी प्रश्न उठेका…
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती तथा पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी मुद्धामा फैसला नहुँदासम्म जेलमै रहने भएका छन्।सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुल्सीपुरको आदेशलाई सदर गरेको छ। नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले आधारहरु उल्लेख गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश ठिक भएको ठहर गरेको छ।लामिछानेमाथी सहकारी ठगि मुद्धामा कास्की, काठमाडौं,चितवन र रुपन्देही जिल्ला अदालतमा आरोप पत्र दायर छ। यी चारवटै जिल्लाले उनलाई धरौटीमा छाड्ने थुनछेक आदेश गरेका थिए। रुपन्देही जिल्ला अदालतको हकमा उच्च अदालत तुल्सीपुरले थुनछेक आदेश उल्ट्याएको थियो। सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा लामिछानेविरुद्ध अदालतमा मुद्धा विचाराधिन छ।
नेपाली महिला क्रिकेट टिम विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएर बुधबार साँझ स्वदेश फर्कियो। त्रिभुवन विमानस्थलमा ओर्लिएर, बाहिर निस्कनुभन्दा केही मिनेट अगाडि हतारिँदै त्यहाँ पुगेकी थिइन् सिता रानामगर। उनी नेपाली टिमलाई स्वागत गर्न र खुसी साँट्न किन आँतुर देखिन्थिइन् भने त्यसपछिको दृश्यबाट प्रष्ट हुन्थ्यो। बाहिर निस्कँदा सबैभन्दा अगाडि थिइन् कप्तान इन्दु बर्मा र त्यसपछि उपकप्तान पुजा महतो। क्रमश सबै खेलाडीलाई अंकमाल गर्दै स्वागत गरिन्। तर दृश्य तब भावुक बन्यो जब अन्तिमतिर रहेकी पूर्व कप्तान रुबिना क्षेत्री सिताको अगाडि आईपुगिन्। सिता अंगालो हालेर रुन थालिन्। रुबिनाले सितलाई सुमसुम्याउँदै केहि भनिरहेको देखिन्थिन्। रुबिना हाँसिरहेकी थिइन् जसमा खुसी र सफलता छछल्किरहेको थियो। नेपाली महिला…
काठमाडौं। मानव तस्करीमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुख नै संलग्न रहेको भन्दै अनुसन्धान सुरु भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले सहसचिवसमेत रहेका तिर्थराज भट्टराईलाई बुधबार नियन्त्रणमा लिएको थियो। भट्टराईको मोबाइल नियन्त्रणमा लिएर उनलाई हाजिरी जमानीमा राखिएको अख्तियारले जनाएको छ। भिजिट भिषामा जानेलाई सेटिङमा पठाएको आरोप भट्टराईमाथी छ। यसअघि पनि भिजिट भिषामा सेटिङ गरेको आरोपमा विमानस्थल अध्यागमन कार्यालयका अधिकारी, एयरलाइन्सका कर्मचारी र गिरोह पक्राउ पर्ने गरेका थिए।
काठमाडौं। बल्लबल्ल रवि लामिछानेको मुद्धामा सर्वोच्च अदालतले सुनुवाई गरेको छ। बन्दी प्रत्यक्षीकरणको रिट र उच्च अदालत तुल्सीपुरको आदेशलाई एकै ठाउँमा राखेर मंगलबारदेखि सुनुवाई सुरु भएको छ। अब बढीमा केही दिनभित्र आदेश आउने छ। बल्लबल्ल किन भनेको भने रवि लामिछाने जति सक्दो चाँडो सुनुवाई होस् र आदेश आओस् भन्ने चाहन्थे। रवि लामिछाने किन हतारिएका छन् ? चारवटा जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि सायद रवि लामिछाने कम्तिमा फैसला हुँदासम्म आफु बाहिरै रहने अपेक्षामा थिए। कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतले लामिछानेसँग एक करोड रुपैयाँसम्म धरौटी माग्ने आदेश गरेका थिए। तर चैत २२ गते उच्च अदालत तुल्सीपुरले रवि लामिछानेलाई थुनामा पठाउने…
काठमाडौं। नेपाल प्रहरीको अतिरिक्त महानिरिक्षक-एआईजीमा सिद्धिविक्रम शाह बढुवा सिफारिस भएका छन्। बुधबारको बढुवा समिती बैठकले शाहलाई बढुवाका लागि सिफारिस गरेका हुन्। उनी राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा आएको टोलीबाट एआईजीमा बढुवा सिफारिस हुने पहिलो अधिकृत हुन्। यसअघि शाहको टोलीलाई पछि पार्दै उनीभन्दा झन्डै एक वर्षपछि भर्ना भएको टोलीलाई एआईजीमा बढुवा गरिएको थियो। यता मंगलबार नै ११ जना एसएसपीलाई बढुवाका लागि सिफारिस गरिएको छ। २०५६ सालमा प्रहरी निरिक्षक बनेको टोलीले यसपटक डीआईजी बन्न प्रयाश गरेपनि गृह मन्त्रालयले अघिल्लो ब्याचका टोलीलाई मात्र सिफारिस गरेको छ।