Author: एनआरएन

काठमाडौं । एउटा हार जसले नेपालको विश्वकप खेल्ने सपना चकनाचुर बनाउन सक्थ्यो। त्यो खेल जुन नेपालले सहजै जित्ने अनुमान गरिएको थियो। हालै वेस्ट इन्डिजलाई दुईवटा खेलमा हराएको नेपाल अहिले कुन स्तरमा थियो भन्नै पर्दैन। तर बुधबार राती कुवेतले नेपाल र नेपाली क्रिकेट समर्थकको मुटु बारम्बार हल्लायो। नेपालले नसोचेको चुनौती सामना गर्न पुग्यो। खेलमा नेपाललाई तनाव हुने गरी धेरैवटा उतारचढावहरु भए।तर अन्तत नेपाल विजयी भयो। नेपाल र नेपाली क्रिकेट समर्थकले ठुलो राहतको सास फेरे। कुवेत सुपर सिक्स पुग्न सक्ने बलियो टोली भएकाले नेपालका लागि यो जित अहिलेलाई अगाडि बढ्न होइन, सुपर सिक्सबाट टप थ्रीमा रहेर विश्वकपमा छनोट हुन महत्वपूर्ण थियो। कुवेत…

Read More

काठमाडौं। मंगलबार साँझ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले निकै लामो स्टाटस लेखे। उनले जे लेखे त्यो केही समय पहिल्यैदेखि अनुमान र अपेक्षा भइरहेको थियो। तर बालेनले लेखिरहेका थिएनन्। कुनै मिडियामा गएर बोल्ने वा सार्वजनिक मन्चबाट स्पष्ट पार्ने खालको उनको नेचर विगतमा नदेखिएकाले पनि सामाजिक सन्जालबाटै बालेनले केही लेख्लान् भन्ने अनुमान भइरहेको थियो। तर मंगलबार साँझ बालेनले आफुखुसी लेखेका होइनन्। अझ भनौँ उनका लागि परिस्थिती नै त्यस्तै आईपर्‍यो। लेख्नै पर्ने भयो। बाध्यता आइलाग्यो। किनभने केही घण्टा अघि मात्र बालेनविरुद्ध नेकपा एमालेनिकट विधार्थी नेताहरु हत्या र लुटपाटको जाहेरी लिएर प्रहरीकहाँ पुगेका थिए। यसले बालेनलाई अप्ठेरो अवस्थामा पुर्‍याउन सक्ने थियो। केही बोल्नैपर्ने…

Read More

काठमाडौं। नेपालले आगामी टी-२० विश्वकप खेल्छ की खेल्दैन ? भोलीबाट ‌ओमानमा सुरु हुने छनोट प्रतियोगिताबाट तय हुँदै छ। यो छनोट प्रतियोगितामा ९ टोलीले सहभागिता जनाउँदैछन् जसमध्ये ३ टोलीले विश्वकपमा स्थान बनाउने छन्। यतिबेला नेपालले विश्वकपमा स्थान बनाउँछ की बनाउँदैन विश्व क्रिकेटले हेरिरहेको छ। ? यसका दुई वटा कारण छन्। पहिलो नेपाली क्रिकेटले गरिरहेको प्रदर्शन। दोस्रो नेपाली क्रिकेटको फ्यान बेस। सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले खेलेको विश्वस्तरको एक मात्र विश्वकप भनेको टी-२० विश्वकप मात्र हो। नेपालले यसभन्दा अघि दुईपटक टी-२० विश्वकप खेलेको छ। पहिलोपटक सन् २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो। त्यसका लागि सन् २०१३ मा यूएईमा ग्लोबल क्वालिफायर भएको थियो।…

Read More

काठमाडौं। स्याल कराउनु र कुखुरा हराउनु संयोग मात्र होकी स्यालले नै कुखुरा लगेको हो ? यतिबेला नेपालको अग्रणी टेलिभिजन कान्तिपुर टिभिमा यस्तै भएको छ। प्रधान सम्पादक विजय पौडेलले राजिनामा दिएका छन्। एउटा टेलिभिजनको प्रधान सम्पादकले राजिनामा दिएको विषयले ठुलै चर्चा पाइरहेको छ। कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक विजय पौडेलले राजिनामा दिएको विषयको केन्द्रमा छन् क्रिकेटर सन्दीप लामिछाने। लामिछानेले आफुबारे प्रकाशित समाचारमा आपत्ती जनाएपछि विकशित घटनाक्रमबीच पौडेलले राजिनामा दिएका हुन्। कान्तिपुर टेलिभिजनले मंगलबार रुपेश श्रेष्ठलाई निमित्त प्रधान सम्पादकको जिम्मेवारी दिएको छ। सन्दीप प्रकरणमै पौडेलले राजिनामा दिएका हुन् स्पष्टसँग भन्न सकिने अवस्था छैन। व्यक्तिगत कारण देखाएर राजिनामा दिने चलन हुन्छ। तर पौडेलले सन्दीप…

Read More

काठमाडौं। अहिले धेरैको मनमा उठिरहेको प्रश्न : वेस्ट इन्डिजसँग भइरहेको ऐतिहासिक शृंखलामा सन्दीप लामिछाने किन खेलिरहेका छैनन् । आशंकाहरु थुप्रै छन् । सन्दीप आफैले खेल्न नचाहेका हुन् की उनलाई टिममा नराखिएको हो ? स्पष्ट बाहिर आएको छैन। जे भएपनि यतिबेला सन्दीप र नेपाल क्रिकेट संघबीच सामान्य अवस्था छैन भनेर हामी सहजै अनुमान गर्न सक्छौँ। अनुमान किन भनेको हो भने यो विषयमा दुवै पक्षले केही स्पष्ट पारेका छैनन्। तर यो सामान्य घटना भने होइन। हामी सबैलाई थाहा छ सन्दीप लामिछाने नेपाली क्रिकेटका पोस्ट ब्वाई हुन्। मैदानमा उनको उपस्थितीले कति फरक पार्छ- इतिहास साक्षी छ। उनले थुप्रैपटक खेल जिताएका छन्, खेल जिताउन…

Read More

काठमाडौं। नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेको छ। यूएईको शारजहा क्रिकेट मैदानमा भएको दोस्रो खेलमा ९० रनको जित निकाल्दै नेपालले एक खेल बाँकी रहँदै शृंखला जितेको हो। नेपालले पहिलोपटक टेस्ट टिमसँग टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको हो। त्यसक्रममा नेपालले टेस्ट टोलीलाई पहिलोपटक हराउने र टेस्ट टिमसँग पहिलो शृंखला जित्ने ऐतिहासिक सफलता पनि प्राप्त गरेको छ। पहिलो खेलमा नेपालले १९ रनको जित हात पारेको थियो। दोस्रो खेलमा नेपालले हात पारेको ९० रनको जित टेस्ट टिममाथी एसोसिएटले हात पारेको अहिलेसम्मकै सबैभन्दा फराकिलो (रन अन्तरले) हो। पहिला ब्याटिङ गरेको नेपालले एक सय ७४ रनको लक्ष्य दिएको थियो। नेपालका लागि आसिफ शेखले…

Read More

काठमाडौं। टी-२० क्रिकेट भन्नेवित्तिकै सबैको दिमागमा सुरुमै आउने भनेको पावर हिटिङ गेम। छक्का र चौकाको त वर्षा नै हुन्छ। ब्याटरहरु एक दुई रनभन्दा बाउन्ड्री बढी ट्राइ गर्छन्। यही फर्म्याटका लागि वेस्ट इन्डिजका ब्याटरहरु धेरे चिनिएका छन्। त्यसो त वेस्ट इन्डिज दुईपटक टी-२० विश्वकप विजेता पनि बनेको टीम हो। थोरै बलमा धेरै रन बनाउन सक्ने भएकाले वेस्ट इन्डिजका ब्याटरको डिमान्ड विश्वभर छ। यस्तै लोभलाग्दो छवी भएको वेस्ट इन्डिजसँग नेपालले शनिबारदेखि ऐतिहासिक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ युएईको शारजहा क्रिकेट मैदानमा। नेपाली क्रिकेटले यो शृंखलालाई ठुलो उत्सव जसरी सेलिब्रेट गरिरहेको छ। टी-२० क्रिकेटको पावर हाउस वेस्ट इन्डिजसँग खेल्न लाग्दा नेपाल र नेपाली…

Read More

काठमाडौं। नेपाली क्रिकेटका लागि भोली अर्को ऐतिहासिक दिन हुने छ- नेपालले टेस्ट राष्ट्रसँग पहिलोपटक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै छ। टेस्ट राष्ट्रसँग बाइल्याटरल सिरिज खेल्ने नेपालको सपना वेस्ट इन्डिजले पुरा गर्दै छ। यूएईको शारजहा क्रिकेट मैदानमा नेपाल र वेस्ट इन्डिजबीच तीनवटा टी-२० अन्तर्राष्ट्रिय खेल हुने छ। शृंखलाको पहिलो खेल भोली हुँदै छ। तपाईलाई लागि रहेको होला- यो शृंखलाको चर्चा किन यति धेरै भइरहेको छ ? नेपालले त भारत, पाकिस्तानदेखि दक्षिण अफ्रिकासँग सम्म खेलिसकेको छ अन्तर्राष्ट्रिय क्रिकेटमा। वेस्ट इन्डिजसँग खेल्दा त्यस्तो के अचम्म हुने छ ? यसले नेपाली क्रिकेटमा के फरक पार्छ ? पक्कै यस्तै जिज्ञासाहरु तपाईका होलान। नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा…

Read More

काठमाडौं। पूर्व प्रधानन्यायधिश सुशिला कार्की नेतृत्वको सरकारमा हालसम्म ७ जना मन्त्री नियुक्त भएका छन्। पहिलोपटक ३ र दोस्रोपटक ४ जना मन्त्री थपेर मन्त्रि परिषद् विस्तार गरिएको हो। पूर्व अर्थसचिव रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ उर्जा मन्त्री र ओमप्रकाश अर्याल गृह मन्त्री छन्। खनाललाई संघीय मामिला मन्त्रालय तथा घिसिङलाई भौतिक पूर्वाधार र सहरी विकाश मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ। यस्तै सर्वोच्च अदालतका पूर्व न्यायधिश अनिलकुमार सिन्हा उधोग मन्त्री, वैज्ञानिक महाविर पुन शिक्षा मन्त्री, पत्रकार जगदिश खरेल सन्चार मन्त्री र मदन परियार कृषी मन्त्री रहेका छन्। सिन्हा, पुन,खरेल र परियार दोस्रोपटक मन्त्रि परिषद् विस्तार हुँदा मन्त्री बनेका हुन्। सिन्हालाई कानुन मन्त्रालय र…

Read More

काठमाडौं। जेन जीले सोमबार गरेको प्रदर्शनमा सरकारले ब्यापक बल प्रयोग गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने चार सयभन्दा बढि घाइते भएका छन्। काठमाडौंमा कम्तिमा १७ जना र इटहरीमा २ जनाको मृत्यु भएको छ। काठमाडौंका टिचिङ, सिभिल हस्पिटल, एभरेस्ट, विरलगायत अस्पतालमा घाइतेको उपचार भइरहेको छ।

Read More