Author: एनआरएन

काठमाडौं। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाए। कार्यक्रममा मन्त्रीहरू, मुख्यसचिव, आयोगका पदाधिकारीलगायतको पनि उपस्थिति थियो। कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आफूहरूले इमानदारीसाथ काम गरेको र बिनाकुनै पूर्वाग्रह जे देख्यो त्यही कुरा प्रतिवेदनमा राखेको जानकारी दिए। भविष्यमा यस्तो घटना नहोस् भनेर सुझाव पनि प्रतिवेदनमा राखेको उनले बताए। उनले भने, ‘कुशासनका कारण यो घटना भएको छ। नियमनकारी निकायहरूलाई विकृत पारिएको छ। न्यायपालिका, कार्यपालिका सबैतिर ढिलासुस्ती छ। न्यायाधीशदेखि संवैधानिक नियुक्तिसमेत दलीय भागबण्डामा गर्ने प्रवृत्तिले…

Read More

काठमाडौँ : केन्द्रीय सुरक्षा समितीले भोली हुने निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पुरा भएको जनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि बिहिबार हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ। गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको र सोही अनुरुप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो । बैठकले संवेदनशील क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि हुनसक्ने विषयमा सम्भावित सूचना संकलन गर्ने, कानून विपरितका गतिविधि भएरगरेको पाईएका कानून बमोजिम तुरुन्त…

Read More

काठमाडौं। असिम मान सिंह बस्न्यात नेपाली युवामाझ सबैभन्दा बढी परिचित नाममध्ये पर्छ। नेपालमै बसेर गर्विलो पहिचान र व्यावशायीक सफलता प्राप्त गर्न सकिन्छ मात्र होइन नयाँ ‘आईडिया’लाई स्थापित गर्न सकिन्छ भन्ने उनले सुरु गरेको राइड सेयरिङ एप ‘पठाओ’ले युवा व्यवशायीलाई प्रेरणा दिएको छ। पठाओका कारण आज लाखौँ नेपाली युवा स्वरोजगार बनेका छन्। त्यसबाट लाखौँ लाभान्वित छन्। असिमले नेपालमा सफलतापूर्वक कार्यान्वयन गरेको यही नविनतम सोचका कारण आज उनी लाखौँ युवा र परिवारका लागि ‘आईडल’ बनेका छन्। पठाओले उनिहरुको चुलोदेखि सपनासम्म धान्दिरहेको छ। ‘४० वर्ष पुगेपछि म व्यवशायबाट रिटायरमेन्ट लिन्छु भन्ने थियो तर कोरोनाका कारण केही ढिला हुन पुग्यो’, हालैकै एक बसाईमा उनी…

Read More

काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइसकिएकोले मतदातालाई निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन आव्हान गरेका छन्। गृहमन्त्री अर्यालको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका थिए। उनले चुस्त र भरपर्दो सुरक्षा प्रबन्धसहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकोले सबै सम्बद्ध निकायको साथ, सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे। यस्तै, बैठकमा तीन वटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्यालसमक्ष सबै सुरक्षाका प्रबन्ध मिलाइँदै गएको र क्रमिक रूपमा जिल्लागत सुरक्षा रणनीतिलाई कार्यान्वयनमा लगिएको जानकारी गराए।  …

Read More

काठमाडौं। आसन्न निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले घोषणा पत्र सार्वजनिक गरेका छन्। नेपाली कांग्रेसको घोषणा पत्र पढ्न : नेकपा एमालेको घोषणा पत्र पढ्न : रास्वपाको घोषणा पत्र पढ्न :

Read More

काठमाडौं : काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले माघ महिनाको सर्वोत्कृष्ट प्रहरीका रुपमा हवल्दार कृतीबहादुर खड्कालाई पुरस्कृत गरेको छ। महिनाभर गरेको कामको मुल्यांकनका आधारमा खड्कालाई उक्त पुरस्कार दिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरी कार्यालयहरुले हरेक महिना मातहतका सर्वोत्कृष्ट कर्मचारीालई पुरस्कृत गर्दै आएका छन्।

Read More

काठमाडौं। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि दलहरुले यतिबेला तयारी तिव्र बनाउँदै लगेका छन्। उमेद्ध्वारी दर्ताको काम सकिएसँगै दल र उमेद्ध्वारहरु आ-आफ्नो क्षेत्रमा पुगिरहेका छन्। नेपाली कांग्रेसका सभापती गगनकुमार थापाले सर्लाही-४ बाट चुनाव लड्दैछन्। उनलाई रास्वपामा अमरेशकुमार सिंह, नेकपा एमालेका अमनिशकुमार यादब र नेपाल कम्युनिस्ट पार्टीका रजनिश रायले चुनौती दिँदै छन्। थापा यसअघि काठमाडौंबाट चुनाव लड्दै आएका थिए। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ बाट चुनाव लड्दैछन्। उनले यसअघि यही ठाउँबाट चुनाव लडेका थिए। उनलाई रास्वपाका वरिष्ठ नेता बालेन, नेपाल कम्युनिस्ट पार्टीका रन्जित तामाङ र नेपाली कांग्रेसका मंधरा चिमरियाले चुनौती दिँदछन्। यस्तै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले पूर्वी रुकुम…

Read More

काठमाडौं। गगन थापा नेपाली कांग्रेसको आधिकारिक सभापती बनेका छन्। निर्वाचन आयोगले थापा नेतृत्वको समितीलाई आधिकारिक कांग्रेसको मान्यता दिने निर्णय गरेको छ। विशेष महाधिवेशनले थापालाई सभापतीमा निर्विरोध निर्वाचित गरेको थियो। उक्त महाधिवेशन र त्यसले चयन गरेको नेतृत्वलाई विधान विपरित भन्दै आएका संस्थापन पक्षका कांग्रेस नेताहरु अदालत जाने तयारीमा छन्। उनिहरुले आइतबार सर्वोच्च अदालतमा आयोगको निर्णयविरुद्ध रिट दायर गर्ने तयारी गरिरहेका छन्। यता थापा नेतृत्वको समितीले सबै पक्षलाई कांग्रेसमा सामेल हुन आह्वान गरेको छ।

Read More

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले गगन थापालाई पार्टी सभापती चयन गरेको छ। बुधबार राती सम्पन्न विशेष महाधिवेशनले थापालाई सभापतीमा निर्विरोध चयन गरेको हो। सभापतीमा थापाको मात्र उमेद्ध्वारी परेको थियो। अन्य पदमा पनि निर्विरोध निर्वाचित भएका छन्। महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन गर्न निवेदन दिएका थिए। तर केन्द्रीय समितीले महाधिवेशन आह्वान नगरेपछि महाधिवेशन प्रतिनिधिले नै आयोजना गरेका हुन्। संस्थापन पक्षधरले यो विशेष महाधिवेशनलाई विधानविपरित भएको बताउँदै आएको थियो। बुधबार मात्र गगन र विश्वप्रकाशलाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निश्कान गरेको थियो। यतिबेला गगन पक्षधरले आफुहरु नै आधिकारिक नेपाली कांग्रेस…

Read More

काठमाडौं : खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी जनचेतना प्रवाह गर्ने उद्देश्यले बुधबार मधेश प्रदेशमा क्रिकेट फर वास कार्यक्रमको उद्घाटन गरिएको छ। मधेश प्रदेश खेलकुद परिषद्, जनकपुरधामको कभर्ड हलमा सम्पन्न कार्यक्रममा खेलकुद तथा समाज कल्याण मन्त्रालयका मन्त्री बसन्त कुमार कुशवाहा र नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल महासेठ संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका हुन्। वेल्थङ्गरहिल्फे र सबल नेपालको साझेदारीमा सञ्चालित ‘तराई–मधेश क्षेत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण परियोजना’ अन्तर्गत महिनाव्यापी स्वास्थ्य, सामुदायिक तथा व्यक्तिगत सरसफाइ सचेतना प्रवर्द्धनका लागि क्रिकेट खेलको माध्यमबाट किशोरीहरूको सहभागिता र सामाजिक…

Read More