Author: एनआरएन

काठमाडौं। नेपाल प्रिमियर लिग-एनपीएल क्रिकेटको नेक्स्ट सिजनका लागि फ्रेन्चाइजहरुले धमाधम तयारी थालेका छन्। फ्रेन्चाइजहरुले यतिबेला खेलाडी रिलिज र रिटेन गरिरहेका समाचारले हिमालयन फेस्टिबलको माहोल साँच्नी नै भित्रिरहेको महसुस भइरहेको छ। हामी सबैलाई थाहा नै छ नेपाल क्रिकेट संघ-क्यानले गत वर्ष इतिहासमै पहिलोपटक नेपाल प्रिमियर लिगको आयोजना गरेको थियो।पहिलो सिजनमै एनपीएल यति धेरै रुचाइएयो की कीर्तिपुर क्रिकेट मैदानमा हरेक जसो खेलमा दर्शकहरु खचाखच भए। टिकट भएर पनि दर्शकहरुले खेल हेर्न नपाएका समाचारहरु आए। टिकट नपाएर बाहिरैबाटै, खचाखच भिडले खेल हेरिरहेका दृश्यहरु पनि देखिए। अन्तर्राष्ट्रिय मिडियाहरुले पनि एनपीएलको कभरेज गरे, लोकप्रियतालाई देखाए। पहिलोपटक आयोजना भएको यो फ्रेन्चाइज प्रतियोगिता यति चर्चित होला भनेर…

Read More

काठमाडौं। विवादित ठेकेदार मनोज भेटवाल फेरी पक्राउ परेका छन्। काठमाडौं प्रहरीको टोलीले शुक्रबार बिहान कटवाललाई पक्राउ गरेको हो। सिंहदरबार प्रहरी वृत्तको नियन्त्रणमा रहेका भेटवाललाई काठमाडौं प्रहरी परिसरको जिम्मा लगाउने तयारी भइरहको डीएसपी गंगा पौडेलले जानकारी दिए। भेटवालविरुद्ध परिसरमा बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो। भेटवाल यसअघि पनि बैंकिङ कसुरलगायत मुद्धामा पक्राउ परेका थिए।

Read More

रियाद। क्रिस्टियानो रोनाल्डोले साउदी अरबको प्रो लिग क्लब अल नासरसँगको सम्झौता २ वर्ष लम्ब्याएका छन्। ४० वर्षे रोनाल्डो सन् २०२७ सम्म अल नासरमा रहने भएका छन्। अल नासर र रोनाल्डोबीचको सम्झौता आगामी जुन ३० तारिखमा सकिँदै थियो। केहि साता अघि रोनाल्डोले अल नासर छाड्न सक्ने संकेत गरेका थिए। तर करार सकिनुभन्दा केही दिनअघि बिहीबार राती नविकरण भएको छ। ५ पटकका बेलोन डीअर विजेता रोनाल्डो सन् २०२२ को डिसेम्बरमा अल नासर भित्रिएका थिए। यो वर्ष रोनाल्डोले पोर्चुगलका लागि नेसन्स लिगको पनि उपाधि जितेका छन्। गत सिजन रोनाल्डोले अल नासरका लागि ४१ खेलमा ३५ गोल गरेका थिए। उनी साउदी प्रो लिगका लागि…

Read More

विरगन्ज। पर्सा प्रहरीले ठुलो परिमाणको लागु औषध चरेस बरामद गरेको छ। काठमाडौंबाट विरगन्जतर्फ आएको मालबहाक ट्रकभित्र बुधबार ३ सय १९ केजी चरेस बरामद फेला परेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए। प्रहरीले प्रदेश २-०३-००१ख६३४८ नम्बरको मालबहाक ट्रक र त्यसका चालक मकवानपुरका ३६ वर्षीय बुद्धीबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको छ। चालकको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद पनि बरामद भएको पर्सा प्रहरी प्रमुख मिश्रेले बताए। विरगन्ज महानगरपालिका-२१ परवानीपुरमा साँझ साढे ७ बजे प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यसक्रममा ट्रकको पछाडिपट्टी सामान बोक्ने भागमा प्लास्टिकको बोराभित्र लुकाएर राखिएको अवस्थामा चरेस भेटिएको थियो। १३ वटा पोकामा उक्त चरेस प्याकिङ गरिएको…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर बनेको एक महिनापछि पौड‍ेलले नेपाल राष्ट्र बैंकमार्फत आफ्नो सम्पत्ती सार्वजनिक गरेका हुन् । पौडेलको सम्पत्ती धेरैजसो सम्पत्ति श्रीमती प्रतिभा शर्माको नाममा रहेको विवरणमा उल्लेख छ ।यस्तै पैतृक सम्पत्तीबाट धेरै सम्पत्ती जोडेको उल्लेख गरिएको छ। विवरण अनुसार शर्माको नाममा ललितपुरको सैँबुमा ५ आना २ दाम क्षेत्रफलमा फैलिएको जमिन र सोही जग्गामा बनेको घर छ। नवलपरासीको गैँडाकोटमा शर्माकै नाममा ५ कट्ठा भन्दा बढी जमिन छ। पौडेलसँग रहेको सम्पत्तीको ठुलो हिस्सा सेयर लगानीमा रहेको देखिएको छ। उनीसँग करिब १४ करोड रुपैयाँ बराबरको शेयर छ । यसमध्ये करिब…

Read More

काठमाडौं। विशेष अदालतले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ। विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटी मागेको हो । नेपाल धरौटी बुझाएर छुटेका छन्। उनले ३५ लाख रूपैयाँको बैंक ग्यारेन्टी बुझाएर छुटेका हुन्। विशेष अदालतले आदेशमा भनेको छ, ‘कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्ने र खरिद गरेको जग्गाहरू जुन प्रयोजनको लागि खरिद भएको हो, त्यसमा प्रयोग नगर्दै अन्य व्यक्ति विशेषलाई बिक्री वितरण समेत गर्न पाउने गरी प्रतिवादी तत्कालिन मन्त्रिपरिषद्ले गरेका निर्णयहरु विशुद्ध नीतिगत निर्णयको परिधिमा पर्ने हो वा होइन भन्ने…

Read More

काठमाडौं। बीचमा पर्सियन गल्फ अर्थात समुद्र। पारीपट्टी इरान। समुन्द्रको वारिपट्टी किनारमा  लहरै जोडिएका छन् कुवेत, साउदी अरब, कतार र यूएई । पर्सियन गल्फमा टापु देखिने यो ठाउँ बहराइन हो। अब सोमबार साँझ विश्वलाई नै हल्लाएको एउटा घटनातर्फ लागौँ।   उडिरहेका थुप्रै विमानहरु अचानक डाइभर्ट गरिए। एयरपोर्ट पुगेका हजारौँ यात्रुहरु उड्न पाएनन् र अलपत्र परे। इरान-इजरायलबीच चलिरहेको युद्ध अब चाहीँ फैलिएर भयानक बन्छ की भन्ने त्रास एकाएक मच्चियो। किनभने युद्धमै सहभागी नभएको कतारमा इरानले ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। कतार, साउदी अरब, बहराइन, यूएईलगातय देशमा विश्वभरबाट आएर श्रमिकहरुले काम गरिरहेकाले कतारमाथीको यो आक्रमणले विश्वको ध्यान तानिएको थियो। कतार युद्धमा सहभागी नभए…

Read More

काठमाडौं। सरकारले भिजिट भिषा सेटिङमा छानबिन गर्न पूर्व मुख्य सचिवस्तरीय समिती बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सेटिङबारे छानबिन गर्न पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहेका शंकरदास वैरागीको नेतृत्वमा ‘अध्यागमन र भिजिट भिसाको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’ गठन भएको छ। समितिमा गृह, श्रम, संघीय मामिला, परराष्ट्र मन्त्रालयका सहसचिवहरू सदस्य रहने छन्। समितिलाई ३ महिनाको कार्यादेश दिइएको छ। त्रिभुवन अध्यागमन कार्यालय प्रमुख तिर्थराज भट्टराई भिजिट भिषा सेटिङमा मुछिएपछि प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकमाथी पनि छानबिन गर्न माग राखेर संसद अवरुद्ध गरेका थिए। सत्तारुढ दल र प्रमुख प्रतिपक्षी माओवादीबीच जेठ ३० मा दुई बुँदे सहमति भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा निरन्तर विरोध गर्दै…

Read More

काठमाडौं। इरानले कतारस्थित अमेरिकी सेनाको हवाई बेसलाई लक्ष्यित गरि सोमबार साँझ मिसाइल हमला गरेको छ। इरानी सेनाले अल उदिद हवाई बेसलाई तार्गेट गरेर ब्यालेस्टिक मिसाइल हमला गरेका थिए। त्यसअघि इरानले कतारले आफुले आक्रमण गर्न लागेको सूचना दिएका थिए। सोहि कारण कतार र अमरिकी सेना दुवैले पर्याप्त तयारी गरेका थिए। कतारले आफ्नो एयर स्पेस बन्द गरेको थियो। आक्रमणपछि कतारको आकाशमा मिसाईलका झिल्का र विस्फोटका आवाजहरु सुनिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्। कतारले सबै आक्रमणलाई इन्टरसेप्ट गर्न सफल भएको जनाएको छ। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पूर्व सूचना दिएका कारण कुनै मानवीय क्षति नभएको बताएका छन्। साथै उनले इरानको यो आक्रमणलाई…

Read More

काठमाडौं। राजा नभए राष्ट्रपती, राष्ट्रपति नभए राजा। हामी प्राय सबैलाई राज्य प्रमुखबारे यत्ति थाहा छ। विभिन्न समयमा भएका आन्दोलनले पनि हामी यसबारे मज्जाले भन्न सक्छौँ। तर हाल अमेरिका र इजरायल मिलेर आक्रमण भइरहेको इरानमा यस्तो छैन। त्यहाँ राष्ट्रपतीले सरकार चलाउँछन् तर राज्यका महत्वपूर्ण निर्णयहरु उनले गर्दैनन्। नत उनीसँग राज्य प्रमुखको हैसियत हुन्छः प्रश्न आउँछ त्यो अधिकार र हैसियत कोसँग हुन्छ त। त्यो अधिकार सुप्रिम लिडरसँग हुनछ जुन एउटा धार्मिक पद हो। इरान इस्लामिक रिपब्लिक देश हो। यहाँको शासन व्यवस्था इस्लाम धर्ममा आधारित हुन्छ। राष्ट्रपती, संसद जनताले निर्वाचित गर्छन्। राष्ट्रपतीको कार्यकाल ४ वर्षको हुन्छ। सर्वोच्च नेता इस्लाम धर्मको प्रकाण्ड विद्धानबाट…

Read More