Author: एनआरएन

काठमाडौं। भारत र पाकिस्तानबीच बढ्दो तनावको असर नेपालमा पनि देखिन थालेको छ। सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नेदेखि संसदमा समेत कुराहरु उठिरहेका छन्। सांसदहरुले यी दुई देशमा रहेका नेपाली र नेपाली विधार्थीको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुख देवराज घिमिरेले रुलिङ पनि गरेका छन्। यस्तै नेपालस्थित भारतीय राजदुतले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। सरकारले दुई दिनअघि नेपाल जुनसुकै आतङ्कवादको विरुद्धमा रहेको धारणा सार्वजनिक गरेको थियो। प्रधानमन्त्री ओलीले आफ्नो देश छिमेकविरुद्ध प्रयोग हुन नदिनेमा सचेत रहेको भारतीय राजदुतलाई सन्देश दिएका छन्।

Read More

काठमाडौं। पाकिस्तानले भारतविरुद्ध औपचारिक रुपमा सैन्य हमला सुरु गरेको छ। अप्रेसन बुन्यान मर्सुस नाम दिएर पाकिस्तानले भारतका सैन्य अखडामा आक्रमण थालेको छ। त्यसअघि भारतले आफ्ना तीनवटा सैन्य हवाई बेसलाई लक्ष्यित गरेर आक्रमण गरेको पाकिस्तानले जनाएको छ। यसैबीच भारत प्रशासित कस्मिरमा पाकिस्तानी सेनाको लगातारको आक्रमणमा परेर एक जिल्लास्तरका सरकारी अधिकारीको ज्यान गएको छ। भारत प्रशासित कस्मिरमा अप्रिल २२ तारिखमा २६ पर्यटकको हत्या भएपछि भारतले आतङ्कवादी र उनिहरुको गतिविधि भइरहेको क्षेत्र भन्दै मे ७ तारिखमा पाकिस्तान प्रशासित कस्मिर र पाकिस्तानका गरी विभिन्न ९ ठाउँमा मिसाइल हमला गरेको थियो। पाकिस्तानले उक्त आक्रमणको जवाफ दिने बताउँदै आएको थियो। त्यसयता सैन्यस्तरमा आक्रमण भइरहेको छ।

Read More

काठमाडौं। भारत र पाकिस्तान सिमावर्ती शहरहरुमा निरन्तर सैन्य हमला भइरहेको छ। दुवै देशले एक अर्काको ड्रोन र मिसाइल हमलालाई निस्कृय बनाइरहेको दावी गरेका छन्। बिहीबार साँझ पाकिस्तानले सिमावर्ती श्रीनगर, अवन्तीपोरा, जम्मु, पथानकोट, अमृतसर, जलान्धर, लुधियाना, चन्द्रिगढ र बथिण्डामा हमला गरेको भारतको दावी छ। ती सबै आक्रमणलाई असफल बनाएको भारतले जनाएको छ। यस्तै बिहीबार दिउँसो भारतले पाकिस्तानका रावलपिण्डि, लाहोरजस्ता ठाउँमा हमला गरेको थियो। ती आक्रमण पनि आफुले असफल पारेको पाकिस्तानले दावी गरिरहेको छ। सम्भावित आक्रमणबीच बिहीबार साँझ भारत प्रशासित कश्मिरमा विजुली बन्द गरिएको थियो। आक्रमण हुने सक्ने खतराबीच विजुलीको लाइन काटिएको थियो। यस्तै धरमशालामा भएको पन्जाब र दिल्लीबीचको खेल पनि स्थगित…

Read More

काठमाडौं। भारत प्रशासित कश्मिरको पहलगाममा २६ पर्यटकको हत्या भएको झन्डै २ सातापछि पाकिस्तान र पाकिस्तान प्रशासित कश्मिरमा हवाई हमला भएको छ। भारतले आतङ्कवादीहरु लुकिरहेको आशंकामा ती क्षेत्रमा हमला गरेको हो। भारतकले पहलगाममा भएको हमलामा संलग्नहरुलाई पाकिस्तानले सहयोग गरेको दावी गर्दै आएको थियो। पाकिस्तानले भने यसलाई अस्विकार गर्दै आएको छ। उक्त घटनापछि भारतले पाकिस्तानमाथी आक्रमण गर्न सक्ने अनुमान हुँदै आएको थियो। बिबिसीका अनुसार भारतिय अधिकारीले विभिन्न ९ स्थानमा आक्रमण गरेको बताएका छन्। पाकिस्तानले तीन ठाउँमा आक्रमण भएको र ५ वटा भारतीय फाइटर जेटले झारेको दावी गरेको छ। भारतीय सन्चार माध्यमका अनुसार मध्यरात एक बजेर ५ मिनेटदेखि २५ मिनेटसम्म मिसाई आक्रमण भएको…

Read More

काठमाडौं। क्रिकेटर आदिल आलममाथी लगाइएको प्रतिबन्ध फुकुवा भएको छ। नेपाल क्रिकेट संघ-क्यानले सोमबार प्रतिबन्ध हटाएको हो। अब उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु खेल्न खुला भएका छन्। यसअघि नेपाल टी-२० दौरान स्पट फिक्सिङ गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यसपछि उनीमाथी प्रतिबन्ध लगाइएको थियो।  तर अदालतबाट उनले सफाई पाएका थिए। सफाई पाएपनि प्रतिबन्ध खुला भएको थिएन। प्रतिबन्ध फुकुवा भएसँगै अब आफु क्रिकेटमा फर्कने आदिलले उल्लेख गरेका छन्।

Read More

काठमाडौं। कुशल मल्ल राष्ट्रिय टोलीको छनोटबाट बाहिरिएपछि हामिले यस विषयमा आइतबार भिडियो सामग्री तयार गरेका थियौँ। ५/६ वर्षदेखि लगातार अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका, कुनै समय विश्व कीर्तिमान बनाएका कुशल छनोटको पहिलो चरणबाटै बाहिरिनु क्रिकेट प्रेमीका लागि ठुलो समाचार हामीले ठान्यौँ। त्यसमाथी यसलाई ठुलो बनाउने विषय थियो एक साताअघि मात्र नेपाली क्रिकेटको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रशिक्षक स्टुवार्ट लको यो पहिलो नोटिसेबल कदम। हामीले बनाएको भिडियो त हेरि हाल्नु भयो। थमनेलमा हामीले लेखेर जिज्ञाशा राखेकमा थियौँ की अब कसो पालो आउँदै छ। मतलब, कुशल मल्लपछि अब टिमबाट बाहिर हुने ठुला खेलाडी को हुन् त ? एकछिन उक्त भिडियोमा आएका यी कमेन्ट्सहरुलाई हेरौँ हई।…

Read More

काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका ७ जना नायब महानिरिक्षक-डीआईजीको सरुवा गरेको छ। आइतबार गरिएको सरुवाले ६ वटा प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्।  कोशी प्रदेशमा इश्वर कार्की, मधेश प्रदेशमा उमाप्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल, गण्डकी प्रदेशमा दिनेशकुमार आचार्य पुगेका छन्। यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा राजेन्द्रप्रसाद भट्ट र सुदुर पश्चिम प्रदेशमा डम्बरबहादुर विक पुगेका छन्। प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्छन्। यस्तै केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीमा गोविन्द थपलिया पुगेका छन्। सीआईबीको नेतृत्व एआईजीले गर्छन्। बढुवाका कारण चारवटा प्रदेश प्रमुख रिक्त भएको थियो भने दुईमा अनिवार्य अवकाशका कारण रिक्त थिए। कर्णाली प्रदेशका प्रहरी प्रमुख मात्र नफेरिएका हुन्।

Read More

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ। एनआरएनएलाई विश्वस्तरमा नेतृत्व गर्ने अन्तर्राष्ट्रिय समन्वय परिषद-आईसिसीमा श्रेष्ठले जिम्मेवारी पाएका हुन्। यसअघि शेष घले संयोजक रहेको उच्चस्तरीय समितीले एकता महाधिवेशन गर्ने जिम्मेवारी पाएको थियो। वर्तमान अध्यक्ष बद्रि केसी समूहले भने यो निर्वाचन बहिस्कार गरेको थियो। एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

Read More

काठमाडौं। कुशल मल्ल राष्ट्रिय टोलीबाट आउट। हो सही सुन्दै हुनुहुन्छ। नेपाली राष्ट्रिय टोलीका नयाँ प्रशिक्षक स्टुवार्ट लले जिम्मेवारी सम्हालेको एक सातामै कडा निर्णय लिएका छन्। यो निर्णयले अनुभवी छु भनेर राष्ट्रिय टोलीमा स्थानको आशा गरिरहने खेलाडीहरुलाई झड्का दिएको छ। कुशल मल्लजस्ता अनुभवी खेलाडी टिमबाहिर रहनुले आगामी दिनमा प्रशिक्षक ललाई कुन रुपमा देखिने छ भन्ने प्रारम्भिक झल्को देखिएको छ। सबैभन्दा उल्लेखनीय के छ भने कुशल मल्ल अन्तिम समयमा राष्ट्रिय टोलीबाट फालिएका होइनन्। नेपाल क्रिकेट संघ-क्यानले कोर क्याम्प भन्दै पहिलो चरणमा ५३ जना खेलाडीलाई बोलाएको थियो। उनिहरुलाई चारवटा टिममा विभाजन गरेर खेलहरु खेलाइयो। मुलपानी क्रिकेट मैदानमा भएका यीनै खेलहरुको प्रदर्शनसमेतलाई आधार…

Read More

काठमाडौं। आइतबारदेखि कक्षा १२ को परिक्षा सुरु हुँदै छ। राष्ट्रिय परिक्षा बोर्डले परिक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। यसअघि बैशाख ११ गतेदेखि सुरु हुनुपर्ने परिक्षा शिक्षकहरुको आन्दोलनका कारण सरेको थियो। शिक्षकहरुको २९ दिन लामो आन्दोलन फिर्ता भएपछि परिक्षा सुरु हुन लागेको हो।बोर्डले परिक्षाहलमा मोबाइल लगेको पाइए परिक्षार्थीको परिक्षा रद्ध हुने चेतावनी दिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमित, आंशिक र ग्रेडवृद्धि तह गरी कूल ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी हुँदैछन्।बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना परीक्षार्थी छन्। परीक्षा सञ्चालनका लागि १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको…

Read More