Author: एनआरएन

काठमाडौं। कुशल मल्ल राष्ट्रिय टोलीको छनोटबाट बाहिरिएपछि हामिले यस विषयमा आइतबार भिडियो सामग्री तयार गरेका थियौँ। ५/६ वर्षदेखि लगातार अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेका, कुनै समय विश्व कीर्तिमान बनाएका कुशल छनोटको पहिलो चरणबाटै बाहिरिनु क्रिकेट प्रेमीका लागि ठुलो समाचार हामीले ठान्यौँ। त्यसमाथी यसलाई ठुलो बनाउने विषय थियो एक साताअघि मात्र नेपाली क्रिकेटको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रशिक्षक स्टुवार्ट लको यो पहिलो नोटिसेबल कदम। हामीले बनाएको भिडियो त हेरि हाल्नु भयो। थमनेलमा हामीले लेखेर जिज्ञाशा राखेकमा थियौँ की अब कसो पालो आउँदै छ। मतलब, कुशल मल्लपछि अब टिमबाट बाहिर हुने ठुला खेलाडी को हुन् त ? एकछिन उक्त भिडियोमा आएका यी कमेन्ट्सहरुलाई हेरौँ हई।…

Read More

काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका ७ जना नायब महानिरिक्षक-डीआईजीको सरुवा गरेको छ। आइतबार गरिएको सरुवाले ६ वटा प्रदेशका प्रहरी प्रमुख फेरिएका छन्।  कोशी प्रदेशमा इश्वर कार्की, मधेश प्रदेशमा उमाप्रसाद चतुर्वेदी, बागमती प्रदेशमा अरुण पौडेल, गण्डकी प्रदेशमा दिनेशकुमार आचार्य पुगेका छन्। यस्तै लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा राजेन्द्रप्रसाद भट्ट र सुदुर पश्चिम प्रदेशमा डम्बरबहादुर विक पुगेका छन्। प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्छन्। यस्तै केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीमा गोविन्द थपलिया पुगेका छन्। सीआईबीको नेतृत्व एआईजीले गर्छन्। बढुवाका कारण चारवटा प्रदेश प्रमुख रिक्त भएको थियो भने दुईमा अनिवार्य अवकाशका कारण रिक्त थिए। कर्णाली प्रदेशका प्रहरी प्रमुख मात्र नफेरिएका हुन्।

Read More

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनएको एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ। एनआरएनएलाई विश्वस्तरमा नेतृत्व गर्ने अन्तर्राष्ट्रिय समन्वय परिषद-आईसिसीमा श्रेष्ठले जिम्मेवारी पाएका हुन्। यसअघि शेष घले संयोजक रहेको उच्चस्तरीय समितीले एकता महाधिवेशन गर्ने जिम्मेवारी पाएको थियो। वर्तमान अध्यक्ष बद्रि केसी समूहले भने यो निर्वाचन बहिस्कार गरेको थियो। एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

Read More

काठमाडौं। कुशल मल्ल राष्ट्रिय टोलीबाट आउट। हो सही सुन्दै हुनुहुन्छ। नेपाली राष्ट्रिय टोलीका नयाँ प्रशिक्षक स्टुवार्ट लले जिम्मेवारी सम्हालेको एक सातामै कडा निर्णय लिएका छन्। यो निर्णयले अनुभवी छु भनेर राष्ट्रिय टोलीमा स्थानको आशा गरिरहने खेलाडीहरुलाई झड्का दिएको छ। कुशल मल्लजस्ता अनुभवी खेलाडी टिमबाहिर रहनुले आगामी दिनमा प्रशिक्षक ललाई कुन रुपमा देखिने छ भन्ने प्रारम्भिक झल्को देखिएको छ। सबैभन्दा उल्लेखनीय के छ भने कुशल मल्ल अन्तिम समयमा राष्ट्रिय टोलीबाट फालिएका होइनन्। नेपाल क्रिकेट संघ-क्यानले कोर क्याम्प भन्दै पहिलो चरणमा ५३ जना खेलाडीलाई बोलाएको थियो। उनिहरुलाई चारवटा टिममा विभाजन गरेर खेलहरु खेलाइयो। मुलपानी क्रिकेट मैदानमा भएका यीनै खेलहरुको प्रदर्शनसमेतलाई आधार…

Read More

काठमाडौं। आइतबारदेखि कक्षा १२ को परिक्षा सुरु हुँदै छ। राष्ट्रिय परिक्षा बोर्डले परिक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ। यसअघि बैशाख ११ गतेदेखि सुरु हुनुपर्ने परिक्षा शिक्षकहरुको आन्दोलनका कारण सरेको थियो। शिक्षकहरुको २९ दिन लामो आन्दोलन फिर्ता भएपछि परिक्षा सुरु हुन लागेको हो।बोर्डले परिक्षाहलमा मोबाइल लगेको पाइए परिक्षार्थीको परिक्षा रद्ध हुने चेतावनी दिएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमित, आंशिक र ग्रेडवृद्धि तह गरी कूल ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी हुँदैछन्।बोर्डका अनुसार नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना परीक्षार्थी छन्। परीक्षा सञ्चालनका लागि १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको…

Read More

काठमाडौं। आवाशीय चिकित्सक र सरकारकबीच सहमती बनेको छ। स्वास्थ्य मन्त्रालय, नेपाल चिकित्सक संघ र आन्दोलनरत आवाशीय चिकित्सकहरु बसेर भएको वार्तामा सहमती बनेको हो। स्वास्थ्य मन्त्रालयसँग आवासीय चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गर्नेसहितका विषयमा सहमती बनेको छ। म्याचिङका चिकित्सकहरुका लागि यथाशिघ्र शुरु गर्न चिकित्सा शिक्षा आयोगलाई निर्देशन दिने र बिदाका विषयहरुमा कार्यदल बनाएर स्वास्थ्य मन्त्रालयले पूरा गर्नसक्ने कुरा स्वास्थ्य मन्त्रालयबाट र नसकेका कुरालाई निर्देशन गरेर पठाउने तीन वटा विषयमा सहमती बनेको बुझिएको छ। यो सहमतीसँगै आवासीय चिकित्सकहरुले अब आन्दोलन नगर्ने भएका छन्। लामो समयदेखि आवाशीय चिकित्सकहरुले माइतीघरमा आन्दोलन गर्दै आएका थिए। नेपाल चिकित्सक संघलगायतले पनि आन्दोलनलाई साथ…

Read More

काठमाडौं। भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्फरमेसन टेक्नोलोजि जसलाई हामी किट युनिभर्सिटी पनि भन्छौ त्यहाँबाट फेरी एकपटक नेपालीलाई दुखद् खबर आएको छ। किटमा अध्ययन गरिरहेकी एक नेपाली छात्रा बिहीबार साँझ मृत भेटिएकी छिन्। विरगन्जकी १८ वर्षीया प्रिशा शाहलाई होस्टलमा झुन्डिएको अवस्थामा भेटिएको स्थानीय प्रहरी अधिकारीलाई उल्लेख गर्दै भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। यो घटना साँझ ७ बजेको हो जतिबेला प्रिसा बस्दै आएको छात्रा होस्टलको रुम नम्बर १११ बाहिरबाट नखुलेपछि कलेज प्रशासनले प्रहरीलाई खबर गरेको थियो। प्रहरीले कोठा फोरेर हेर्दा प्रेसा सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। प्रहरीले त्यसपछि घटनाबारे नयाँ दिल्लीस्थित नेपाली दुतावासलाई पनि जानकारी गराएको थियो। प्रेसाले आत्महत्या…

Read More

काठमाडौं। भारतको उडिसास्थित केआईआईटीमा अध्ययनरत एक नेपालि छात्रा मृत फेला परेकी छिन्। पर्साको विरगन्ज घर भएर दोस्रो सेमेस्टरमा अध्ययन गरिरहेकी प्रिशा शाह बिहिबार साँझ ८ बजे होस्टलमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्। केही महिनाअघि प्रकृती लम्साल पनि सोही कलेजमा मृत फेला परेपछि त्यसले अन्तर्राष्ट्रिय चर्चा पाएको थियो। प्रिशाको घटनामा छानबिन भइरहेको स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै भारतीय सन्चार माध्यमहरुले जनाएका छन्। यसअघि लम्सालको घटनामा केआईआईटीले लापरबाही गरेको पाइएको थियो। आफुमाथी दुर्व्यवहार भइरहेको भन्दै उनले पटकपटक उजुरी गरेपनि त्यसमाथी कारबाही भएको थिएन। अन्तत लम्साल झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनापछि विरोधमा उत्रिएका नेपाली विधार्थीलाई कलेजले तत्कालै होस्टल छाड्न निर्देशन दिएपछि त्यसले…

Read More

काठमाडौं।   अप्रिल २२ तारिखमा कस्मिरको पहलगाममा बन्धुकधारीले २६ पर्यटकको हत्या गरे। तपाई हामीलाई थाहा नै छ त्यो घटनामा एक जना नेपालीले पनि ज्यान गुमाए।मारिने बाँकी सबै भारतीय नागरिक थिए। घटनामा ज्यान जोगाउन सफल भएका मानिसहरुले दिएको बयानअनुसार बन्धुकधारीले हिन्दूहरुको पहिचान गरेर उनिहरुमाथी गोली प्रहार गरेका थिए। यसै पनि कस्मिरमा हुने आतङ्कवादी हमलामा भारतले पाकिस्तानको हात रहने गरेको दावी गर्दै आएको छ। पछिल्लो घटनापछि पनि भारतीय प्रतिक्रिया यस्तै थियो। ठुलो घटना भएकाले अनुमान हुँदै आएको छ – भारतले पाकिस्तानविरुद्ध हमला गर्न सक्छ। यी अनुमानहरु त्यत्तिकै भएका थिएनन्। भारतले कडा कदमहरु पनि चालेको छ। आफ्नो देशमा रहेका सबै पाकिस्तानीलाई भारत छाड्न बिहीबारसम्मको…

Read More

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच सहमती बनेको छ। काठमाडौंमा सडक आन्दोलन सुरु गरेको २९ दिनपछि सरकार र शिक्षक प्रतिनिधिबीच बुधबार नौ बुदे सहमती भएको छ। यो सहमतीसँगै शिक्षक आन्दोलन फिर्ता लिएर बिहिबारदेखि विधालय फर्कने छन्। नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरु काठमाडौंमा जम्मा भएर चैत २० देखि आन्दोलन भइरहेको थियो। उनिहरुले माइतिघरदेखि नयाँ बानेश्वरसम्म दैनिक ३ घण्टा आन्दोलन गरिरहेका थिए। सरकार र शिक्षकबीच के के सहमती भयो भन्ने शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आफ्नो फेसबुकमा लेखेका छन्–

Read More