Author: एनआरएन

काठमाडौं। गएको चैत २६ गते एक महिला आफ्नो इसेवाबाट ९ हजार रुपैयाँ चोरी भएको भन्दै अत्तालिँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुग्छिन्। प्रहरीले घटनाबारे ती महिलासँग प्रारम्भिक जानकारी लिन्छ। इसेवाबाट पैसा चोरि हुनुभन्दा अगाडि महिलाले आफ्नो मोबाइलमा के के गरेकी थिइन्, प्रहरीलाई सविस्तार लगाउँछिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको साइबर अपराध हेर्ने पिलरले ती महिलालाई घर पठाउँदै सुक्ष्मरुपमा अनुसन्धान अगाडि बढाउँछ। एक साता पनि वित्न नपाउँदै प्रहरीको अनुसन्धान सुई एक युवकसम्म पुग्छ। तर जब युवक अनि कारोबारबारे बुझ्न थाल्छ, प्रहरी छक्क पर्छ। उनको नाममा दर्ता रहेको एक कम्पनीको बैंक र इसेवा मर्चेन्ट खातामा अप्रिल १ देखि १३ तारिखसम्म अर्थात १३…

Read More

काठमाडौं। भारतबाट पक्राउ गरि ल्याइएका दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला अदालतले १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती दिएको छ। काठमाडौं प्रहरी परिसरको टोलीले शुक्रबार प्रसाईलाई जिल्ला अदालत उपस्थित गराएको थियो। प्रसाईविरुद्ध आपराधिक उपद्रव, संगठित अपराधलगायत कसुरमा म्याद लिएर अनुसन्धान सुरु भएको हो। प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा बिहीबार भारतको आसामबाट नियन्त्रणमा लिइएको थियो। शुक्रबार बिहान झापा ल्याइपुर्‍याइएका उनलाई भद्रपुरबाट विमानमार्फत काठमाडौं ल्याइएको थियो। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंस्रक र अराजक बनेपछि त्यसका आयोजक प्रसाई भागेका थिए। उनी भागेको करिब दुई सातापछि पक्राउ परेका हुन्। यसबीचमा उनले दुईपटक सामाजिक सन्जालमा भिडियो राखेर आफु नेपालमै रहेको दावी गरेका…

Read More

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको बल्खुमा मंगलबार शान्तिपूर्ण प्रदर्शन गर्‍यो। राजसंस्था पुनर्वहालीको एजेन्डा बोकेको राप्रपाको यो कार्यक्रम चैत १५ मा दुर्गा प्रसाई समूहले गरेको कार्यक्रम विवादित बनेका कारण चासोपूर्वक हेरिएको थियो। तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्रबहादुर शाहीलगायतले कार्यक्रमलाई भव्य, संयमित र अनुशासित बनाए। कार्यक्रमबीच राप्रपाका कार्यकर्ताले सडक पनि सफा गरेका थिए।

Read More

काठमाडौं। काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शनका क्रममा भएको अराजक गतिविधिमा संलग्नहरुको खोजी प्रहरीले गरिरहेको छ। तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुलाई प्रहरीले पछ्याइरहेको छ। यसैक्रममा सोमबार केहीलाई पक्राउ गरेको छ जसमा त्यस दिन जलाइएको घरभित्र देखिएकी युवती पनि छिन्। आफुलाई राजावादी भन्ने पूर्व पत्रकार एनी कुँवरलाई प्रहरीले पक्राउ गरेको हो। उनले जलिरहेको घरबाट बाहिर निस्किएर लाइभ गर्दै उद्धार गर्न अपिल पनि गरेकी थिइन्।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने सोमबार जेल पुगेका छन्। उच्च अदालत तुल्सीपुरले सहकारी ठगी समब्न्धी मुद्धामा लामिछानेलाई जेल पठाउने आदेश गरेको केही घण्टामा प्रहरीले उनलाई गत शुक्रबार पक्राउ गरेको थियो। दुई दिन सार्वजनिक विदा परेकाले सोमबार लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। त्यस अदालतले लामिछानेलाई भैरहवा कारागारमा राख्ने आदेश गर्‍यो। भैरहवा कारागारमा रहेका चारवटा ब्लकमध्ये चार नम्बर ब्लकमा लामिछानेलाई राखिएको छ जुन ब्लकमा उनी एक्ला थुनुवा रहेका छन्। रवि लामिछाने कुनैपनि प्रकरणमा जेल पुगेको यो पहिलोपटक हो। यसअघि पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले त्यतिबेला पत्रकारितामा आबद्ध रहेका रविलाई पक्राउ गरेको थियो। तर उनी थुनछेक आदेशमै…

Read More

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने पक्राउ परेका छन्। उच्च अदालत तुल्सीपुरको आदेशलगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राती लामिछानेलाई काठमाडौंस्थित उनकै निवासबाट पक्राउ गरेको हो। त्यसको केही घण्टा अघि मात्र अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालतको आदेश बदर गर्दै उनलाई मुद्ध पुर्पक्षका लागि थुनामा पठाइएको थियो। पक्राउ परेका लामिछानेलाई अब अदालतले कागजी प्रकृया पुरा गरेर कारागार चलान गर्ने छ। यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न थुनछेक आदेश गरेको थियो। उक्त आदेशविरुद्ध सरकार पक्ष र रवि दुवै उच्च अदालत पुगेका थिए। सहकारी ठगी सम्बन्धी मुद्धामा चारवटा जिल्ला अदालतले रविलाई धरौटीमा…

Read More

जरिवानाको पत्र लिएर पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार बसिरहेको निर्मला निवास पुगेको काठमाडौं महानगरपालिाको प्रहरी निराश भएर फर्किएको छ।आइतबार बिहान महानगरका प्रहरी पत्र लिएर निर्मल निवास पुगेका थिए। गेट खोलेर भित्र पस्नासाथ उनिहरुलाई त्यहा सुरक्षामा खटिएका शसस्त्र प्रहरीका अधिकारीहरुले बाहिर निकाले।।कस्ले छिराइएको तपाईहरुलाई भन्दै उनी नगर प्रहरी र सन्चारकर्मीहरुसँग झोक्किएका थिए। महागरका प्रहरीलाई निर्मल निवासको गेटबाट हटाउनेक्रममा सुरक्षाकमीले त्यस्तो कुनै पत्र बुझ्न भनेर भित्रबाट निदैशन नआएको र बुझ्नुपर्ने भने पहिल्यै जानकारी आउने गरेको जवाफ दिएका थिए।चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा भएको तोडफोड, आग्जनी र फोहोरका विषयमा काठमाडौं महानगरपालिको शनिबार विभिन्न ८ वटा शिर्षकमा पूर्व राजा…

Read More

काठमाडौं। काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा भएका अराजक गतिविधिपछि प्रहरीले आयोजकतर्फका नेता र संलग्नहरुको खोजी गरिरहेको छ। प्रहरीले हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाका नेता रविन्द्र मिश्र, सांसद धवल शमशेर जबरा, अधिवक्तासमेत रहेका स्वागत नेपाल र आफुलाई पुष्कर खतिवडालाई पक्राउ गरेको छ। उक्त प्रदर्शनका मुख्य आयोजक दुर्गा प्रसाईलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन। प्रसाई घटना भएकै दिनदेखि फरार छन्। उनको खोजि भइरहेको प्रहरीले जनाएको छ। राजावादीको प्रदर्शनका क्रममा गोली लागेर एक जना प्रदर्शनकारीको ज्यान गएको थियो। यस्तै राजावादीले आगो लगाएको घरमा परेर एक जना पत्रकारको पनि मृत्यु भएको छ। प्रदर्शनकारीले विभिन्न ठाउँमा आगजनी, तोडफोड र लुटपाट मच्चाएका थिए। घर माथीबाट…

Read More

काठमाडौं। काठमाडौंमा शुक्रबार एकै दिन गणतन्त्रवादी र राजावादीहरुले प्रदर्शन गर्दैछन्। तीनकुनेमा राजावादीले प्रदर्शन गर्दैछन् भने समाजवादी मोर्चाले भृकुटीमण्डपमा आफ्नो शक्ति उतार्दै छ। राजावादीहरुले राजसंस्था पुनर्वहालीको एजेन्डासहित निरन्तर प्रदर्शन गरिने संयुक्त जनआन्दोलन समिती संयोजक नवराज सुवेदीले बताएका छन्। समितीले सरकारलाई एक साताको समय दिएर आन्दोलन गर्दै छ। यता विपक्षी चार दलहरुले सरकार र व्यवस्था परिवतर्न दुवैको विरुद्धमा प्रदर्शन गर्न लागेका हुन्। समाजवादी मोर्चामा माओवादी र समाजवादी एकिकृतलगायत दलहरु छन्। प्रदर्शनका लागि काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ। सम्भावित झडप र राजावादीहरुका सम्भावित गतिविधी प्रहरीका प्रमुख चुनौती रहेका छन्।

Read More

काठमाडौं । तपाई यदी अन्तर्राष्ट्रिय घटनाहरु नियालीरहनु भएको छ भने तपाईको नजर पक्कै टर्कीमा केहीबेर अडिने छ किनभने त्यहाँ ५ दिनयता देशब्यापी प्रदर्शनहरु भइरहेका छन्। राष्ट्रपति रेसेप तेयिप एर्दोगानविरुद्ध चर्को नाराबाजी भइरहेको छ। टर्कीका ८१ मध्ये कम्तिमा ५५ प्रान्तमा मानिसहरु सडकमा उत्रिएका छन्।   विशेषगरी राजधानी इस्तानबुल प्रदर्शनकारीले घेरिएको छ। त्यसपनि इस्तानबुल महानगरपालिकाको बाहिर उनिहरु ठुलो संख्यामा जम्मा भइरहेका छन्। इस्तानबुलका मेयर एक्रेम इमामोग्लुलाई पक्राउ गरिएपछि उनको रिहाईको माग गर्दै लगातार आन्दोलन चर्किएको हो। प्रदर्शनलाई दबाउन सरकारले टियर ग्यास र रबरका गोलि प्रहार गर्नेदेखि करिब एक हजारलाई पक्राउ गर्नेसम्म कदम चालेपनि प्रदर्शनकारीहरु टसमस छैनन्।  यो आन्दोलन र प्रदर्शन जुन टर्कीमा…

Read More