Author: एनआरएन

काठमाडौं : सोमबार एक व्यक्ती हस्याङफस्याङ गर्दै भोटाहिटीमा रहेको नेपाल प्रहरीको साइबर ब्युरो पुग्छन्। प्रहरीले उनलाई निकै आत्तिएको देख्छ। आफुलाई शान्त बनाउने प्रयाश गर्दै ती व्यक्ती घटनाको वेलिविस्तार लगाउँछन्। भएको के रहेछ भने उनको बैक खाताबाट अचानक पैसा हराएको रहेछ। पैसा पनि थोरै हैन करिब ४० लाख रुपैयाँ। त्यत्रो पैसा कसरी हरायो भन्दै उनी प्रहरीकहाँ पुगेका रहेछन्। अनुसन्धान अधिकारीले मोबाइल एकसरो हेर्छन्। पैसा चोरी भएका बैंक तथा वालेट अकाउन्टबारे पनि बुझ्छन्। उनले प्रयोग गर्ने ल्यापटप, डेस्कटपबारे पनि जानकारि लिन्छन्। त्यसपछि प्रहरीले मोटामोटी निचोड निकाल्छ- ह्याकरले मालवेयर पठाएर पैसा चोरे। साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार झन्डै एक महिना अघि ती…

Read More

काठमाडौं। अमेरिकामा बस्दै आएको एक नेपाली परिवारमा फेरी दुखद् घटना भएको छ। टेक्ससमा बस्दै आएको परिवारका सबै ३ जनाको गोली प्रहारबाट ज्यान गएको छ। स्थानीय सुरक्षा अधिकारीले श्रीमती र छोराको ज्यान लिएर ५३ वर्षीय ललित प्रधानले आफ्नो ज्यान लिएको हुन सक्ने आशंका गरेका छन्। ३७ वर्षीय रन्जना श्रेष्ठ, ३ वर्षीय प्रनिष प्रधानलाई शनिबार बिहान करिब २ बजे ललितले गोली हानेको प्रारम्भिक अनुमान गरिएको छ। रन्जना र प्रनिषको घरमै मृत्यु भएको थियो। ललितलाई भने अस्पताल पुर्‍याएको केही समयमा मृत घोषणा गरिएको थियो। गोलीको आवाज आएलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी घटनास्थल पुग्दा रन्जना र प्रनिषको मृत्यु भइसकेको थियो। ललित भने…

Read More

काठमाडौं। रुपन्देही जिल्ला अदालतले रवि लामिछानेलाई थुनामुक्त गर्न अस्विकार गरेको छ। यसअघि सर्वोच्च अदालतसम्मले मुद्धा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपनि लामिछानेले फेरि जिल्ला अदालतमा निवेदन दिएका थिए। यसपटकको सन्दर्भ फरक थियो। लामिछानेविरुद्ध माग गरिएको बिगो बराबरको जमानत उनले बुझाएका थिए र थुनामुक्त गर्न माग गरेका थिए। यो एउटा फरक अभ्यास थियो। फैसला नहुँदासम्म आरोपीलाई के गर्ने भन्ने सन्दर्भमा जिल्ला, उच्च र सर्वोच्च अदालतसहितका तीनवटै तहका अदालतले आदेश गरिसकेको सन्दर्भमा रविले फेरी जिल्ला अदालतमा निवेदन दिएका थिए। कुनैपनि मुद्धामा फैसला नहुँदासम्म आरोपीलाई दोषी मानिँदैन। तर फैसला नहुँदासम्म आरोपीलाई थुनामा राख्ने की बाहिर राख्ने भन्ने सम्बन्धमा थुनछेकको आदेश हुन्छ। थुनछेकको आदेश…

Read More

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजक सेयर ब्रोकर कम्पनी नासा सेक्युरिटिज बनेको छ। नेपाल क्रिकेट संघ-क्यानले वार्षिक न्युनतम २ करोड रुपैयाँ तोकेर सूचना निकालेको थियो। आवेदकमध्ये सबैभन्दा बढी रकम कबोल गरेको आधारमा नासा सेक्युरिटिज छनोट भएको क्यानले जनाएको छ। नासाले वार्षिक २ करोड ३० लाख ६० हजार रुपैयाँ दिने छ। सम्झौताको अवधि ३ वर्ष रहेको छ। आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको छ।

Read More

काठमाडौ। नेपाल प्रिमियर लिग-एनपीएलको लागि शनिबार साँझ भएको मिनि अक्सनमा ४ जना खेलाडी अधिकतम १५ लाख रुपैयाँमा विक्री भएका छन्। पवन सर्राफ, अर्जुन साउद, देव खनाल र आदिल आलम अन्सारी १५ लाख रुपैयाँमा विक्री भए। उनिहरु सबै चारै जना आबद्ध हुने फ्रेन्चाइजको टुंगो गोलाप्रथाबाट लागेको थियो। एकभन्दा बढी टोलीले अधिकतम रकम कबोल गरेपछि गोलाप्रथाबाट टुंगो लगाउने गरिन्छ। तीमध्ये आदिल आलमलाई ८ वटै टोलीले अन्तिम समयसम्म बोली लगाएका थिए। गोलाप्रथाबाट काठमाडौं गोर्खाजल आदिललाई पायो। यस्तै चितवन राइनोजले अर्जुन साउद र देव खनाल तथा कर्णाली याक्सले पवन सर्राफलाई पाए। यी चारै जना खेलाडी ए क्याटोगोरीमा थिए। उक्त क्याटोगोरीका खेलाडीको बेस प्राइस १०…

Read More

काठमाडौं। नेपाल अटोमोबाइल इम्पोर्टस एन्ड म्यानिफ्याक्चरर्स एसोसिएसन-नाइमको आयोजनामा अहिले भृकुटी मण्डपमा प्रदर्शनी भइरहेको छ। बुधबारदेखि सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा विभिन्न ब्रान्डमा ३५ वटा नयाँ भेहिकल राखिएको छ। दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनका विभिन्न ब्रान्डलाई प्रदर्शनीमा राखिएको छ। ५० भन्दा बढी ब्रान्डहरुले सहभागिता जनाइरहेको नाइमाले जनाएको छ। एक्स्पो आईतबारसम्म चल्ने छ। नाडा अटो सोलाई टक्कर दिँदै त्यसको पूर्व सन्ध्यामा अटो व्यवाशायीहरुकै अर्को संस्था नाइमाले काठमाडौंमा एक्स्पो आयोजना गरेको हो।

Read More

काठमाडौं। लगानीकर्तालाई निराश बनाइरहेको नेपाली सेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार हरियाली भएर बन्द भएपछि आगामी साता यसले कस्तो दिशा लिएला भन्ने अनुमानहरु हुन थालेका छन्। साताको पाँचमध्ये तीन दिन राताम्ये भएको सेयर बजार बिहीबार १८.३० अंकले बढेर २ हजार ८ सय ४० दशमलब ३७ विन्दुमा पुगेको छ। कारोबार रकम ८ अर्ब ३३ करोड ९९ लाख रह्यो। अघिल्लो दिन कारोबार रकम ७ अर्ब ४६ करोड ६९ लाख थियो। पछिल्ला ७ कारोबार दिनमा बजार दुई दिन मात्र बढेको छ भने ५ दिन घटेको छ। यो साता समग्रमा सेयर बजार करिब ७२ अंकले घट्यो। साउन १३ गतेदेखि बजार झर्न थालेको…

Read More

काठमाडौं । सरकारले कान्छाराम कन्स्ट्रक्सनसहित दुई दर्जन ठेकेदार कम्पनीलाई कालो सूचीमा राख्ने तयारी गरेको छ। २२ वटा ठेकेदार कम्पनीलाई सात दिने स्पष्टीकरण मागिएको छ। स्पष्टीकरण चित्तबुझ्दो नभए कालोसूचीमा राखिने छ। सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार सम्बन्धित कार्यालयले कालोसूचीमा राख्न भनेर सिफारिस गरेकाले सातदिने स्पष्टीकरण मागिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सुरुमा ३० दिनको म्याद दिएर स्पष्टीकरण माग्दा पनि उनिहरुले बुझाएका थिएनन्न। त्यसपछि सात दिने पत्र काटिएको हो। सडक डिभिजन नुवाकोटको सिफारिसपछि टेम्पा नुर्बु तामाङ मुख्य व्यक्ति रहेको गरिबी उद्धार ज्ञानेन्द्र घले एण्ड कुमार निर्माण सेवा, रेव कुमार पौडेल मुख्य व्यक्ति रहेको गौरीगाई निर्माण सेवा,…

Read More

नयाँ दिल्ली : भारतको उत्तराखण्डमा साउन २० गते गएको बाढीमा परि कम्तिमा १७ जना नेपाली सम्पर्कविहिन रहेका छन्। तीमध्ये जाजरकोटको कुशे गाउँपालिकाका मात्र १३ जना रहेको पाइएको छ। उक्त गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै उत्तराखण्डको धरालीमा गएको बाढीमा आफ्नो ठाउँका कम्तिमा १३ जना हराइरहेको जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कम्तिमा १७ जना नेपाली उक्त बाढीका कारण हराइरहेको भन्दै उद्धारका लागि पहल भइरहेको उल्लेख गरेका छन्। नदीले बगाएर ल्याएको माटोसहितको लेदोले किनारका बस्ती केही मिनेटमै छोपेको थियो। मानवीय क्षतिको यकिन विवरण आएको छैन। टाइम्स अफ इन्डियाले हालसम्म २ जनाको शव भेटिएको तथा ९ जना सैनिकसहित ७ जना हराइरहेको उल्लेख…

Read More

काठमाडौं। नेपाली युवालाई भारत पुर्‍याएर मिर्गौला निकालिएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ घर भएका २४ वर्षीय समिर नेपाली र ४७ वर्षीय राकेश नेपाली छन् तथा काभ्रेको पाँचनखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार छन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेर अहिले अनुसन्धान गरिरहेको छ। सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको थियो।

Read More