Author: एनआरएन

काठमाडौं। बाराको सिमरामा जे‍नजी र एमाले कार्यकर्ताबीच झडप भएको छ। बारामा हुन लागेको एक कार्यक्रममा सहभागी हुन काठमाडौंबाट जान लागेका महेश बस्नेतको विरोधमा जेनजीहरुले प्रदर्शन गरेपछि एमाले कार्यकर्ताहरुले आक्रमण गरेका थिए। आक्रमणबाट केही जेनजीहरु घाइते भएका छन्। त्यसपछि कर्फ्यु जारी गरिएको थियो। तनावबीच सिमरा विमानस्थलको प्रवेशद्धारमा तोडफोड भएको थियो। यो घटना राष्ट्रिय चासोको विषय बनिरहेको छ। प्रधानमन्त्री शुसिला कार्कीले पनि चिन्ता व्यक्त गरेकी छिन्। यस्तै विभिन्न राजनीतिक दलहरुले जेनजीका गतिविधिमाथी आपत्ती जनाएका छन्।

Read More

काठमाडौं- गत आर्थिक वर्षमा सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिगततर्फ पुन राजबहादुर शाह बनेका छन्। सरकारले शाहलाई सोमबार त्यसबापत सम्मान गरेको छ। शाह जावलाखेल समूहका एमडी हु्न। पछिल्ला वर्षहरूमा धेरै कर तिर्ने उनी हुँदै आएका छन्। जावलाखेल समूहका राजबहादुर र विजयबहादुर शाह धेरैपटक सम्मानित हुँदै आएका छन्।  राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले बर्सेनि धेरै कर तिर्ने तथा समयमै विवरण बुझाउने करदातालाई सम्मान गर्दै आएको छ। गत आर्थिक वर्ष संस्थागतमा धेरै आयकर तिर्नेमा दूरसञ्चार प्राधिकरण बनेको छ। वस्तु व्यापारमा भाटभटेनी सुपरमार्केट, मध्यमस्तरीय करदातामा सीडीएस एण्ड क्लियरिङ, ऊर्जामा भोटेकोसी पावर, रेमिट्यान्समा आईएमई रहेका छन्। त्यस्तै भ्याटको समयमै विवरण बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी…

Read More

नेपाल प्रिमियर लिग-एनपीएलका क्रिकेटको यो सिजनका लागि बहु प्रतिक्षित थियो- यसपटक टिकट दर कति हुन्छ भनेर। फ्लडलाइटमा खेल हुने भएकाले टिकटदर बढ्ने अनुमान भइरहेको थियो। तर कति बढ्छ ? सार्वजनिक नभई भन्न सकिने अवस्था थिएन। अन्तत एनपीएल सुरु हुन केवल ४ दिन बाँकी रहँदा नेपाल क्रिकेट संघ-क्यानले बिहीबार टिकटदर सार्वजनिक गरेको छ। ३ वटा क्याटोगरीमा टिकटदर तयार गरिएको छ जनरल, प्रिमियम र सिजन पास भनेर। जनरलतर्फ प्ले अफ र फाइनलबाहेक टिकटदर ५ सय रुपैयाँ तोकिएको छ। यसको मतबल ५ सय रुपैयाँमा हरेक दिनका खेल हेर्न सकिने छ। यस्तै प्ले अफ र फाइनलका लागि एक हजार रुपैयाँ टिकट दर तोकिएको छ।…

Read More

काठमाडौं। कोर बैङ्किङ सिस्टम परिवर्तनपछि हिमालयन बैंकका अधिकांश सेवाहरु सुरु भएका छन्। हिमालयन बैंकले कात्तिक पहिलो साता सिस्टम अपग्रेड गरेको थियो। हिमालयन बैंकका सीईओ अशोक राणाका अनुसार कनेक्ट आईपीएस, आरटीजीएस, कार्ड लगायतका सुविधाहरु सञ्चालनमा आइसकेको छ। बैंकले तिहारको समयमा कोर बैंकिङ सिस्टम अपग्रेड गर्ने भन्दै ३ देखि १० कात्तिकसम्म मोबाइल बैंकिङ लगायत बैंकिङ सेवा नचल्ने बताएको थियो । बैंकले कोर बैंकिङ सफ्टवेयरलाई टी–२४ रिलिज आर–२३ मा स्तरोन्नति गरेको थियो । सोही कारण कात्तिक ३ देखि १० गतेसम्म बैंकिङ सेवा नचल्ने सूचना जारी गरेको थियो। अहिले मोबाइल बैङ्किङमा मात्र समस्या रहेको छ। यो पनि समाधान हुन लागेको राणाले बताए। उनले समस्याको…

Read More

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।सभाले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।बैंकले आर्थिक वर्ष २०८१।८२ मा रु. ७ अर्ब २३ करोड रुपैयाँ सञ्चालन मुनाफा तथा रु. ५ अर्ब ७ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।साधारणसभामा आफ्नो मन्तब्य राख्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र…

Read More

काठमाडौं। जेनजी आन्दोलनमा दमन गर्ने तत्कालिन सरकार र त्यसको सत्तारुढ दल अनि प्रहरी प्रशासन विस्तारै खुल्दै गएका छन्। उनिहरु जेनजी आन्दोलन विध्वंस थियो भनिरहेका छन्। जेनजीका नाममा अरु कसैले वितण्डा मच्चाएको उनिहरुको दावी छ। जेनजीहरुले आन्दोलनका दमनकारीहरुलाई कारबाही गर्नुपर्ने माग गरिरहेका बेला पछिल्लो समय आन्दोलनकारीहरु पक्राउ पर्ने क्रम बढिरहेको छ। जेनजी अभियन्ताहरुमाथी विभिन्न आरोपहरु लागिरहेको छ। उनिहरु खुलेर बोल्न छाडेका छन्। यता जेनजी सरकार फागुन २१ का लागि चुनावको मिती घोषणा गरेर तयारीमा जुटिरहेको छ। जेनजीहरु त्यसमा सहभागी हुन आह्वान गरिरहेका छन्। यता तत्कालिन सत्तारुढ दलहरु संसद पुनर्स्थापना हुनुपर्ने पक्षमा देखिएका छन्। यो अन्योलताबीच हामीले जेनजी अभियन्ता रक्षा बमसँग समसामयीक…

Read More

काठमाडौं। सरकारले सोमबार दानबहादुर कार्कीलाई नेपाल प्रहरीको आईजिपी बनाउने निर्णय गरेपछि धेरैको मनमा उठिरहेको प्रश्न हो के कार्कीले केपी शर्मा ओलीलाई पक्राउ गर्न सक्लान् त ?  त्यो हिम्मत र आँट यीनीसँग छ ? धेरैले लागिरहेको छ – सरकारले ओलीलाई पक्राउ गर्न सक्ने आईजिपी ल्यायो। नेपाल प्रहरीमा किन आईजिपी फेरिन लागे, के अहिलेका आईजिपी चन्द्रकुबेर खापुङलाई हटाएर सरकारले कार्कीलाई ल्याउन लागेको हो ? अनि कार्की सरकारले चाहेका आईजिपी हुन् त ? कार्कीले जेनजीहरुको अपेक्षा पुरा गर्न सक्छन् ? उनका चुनौतीहरु के के छन् ? यस्तै यस्तै तपाईका जिज्ञासाहरु मेट्ने प्रयाश गर्ने छौँ। सुरुमा बुझौँ, सरकारले किन नयाँ आईजिपी नियुक्त गर्‍यो ?…

Read More

काठमाडौं। नेपाल प्रहरीको नयाँ प्रमुख-आईजिपीमा दानबहादुर कार्की नियुक्त भएका छन्। मन्त्रि परिषद्को सोमबारको बैठकले हाल एआईजी रहेका कार्कीलाई आईजिपीमा बढुवा गर्ने निर्णय गरेको हो। राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह पनि आईजीपि बन्ने होडमा थिए। तर जेनजी सरकारले वरियताको पहिलो नम्बरमा रहेका कार्कीलाई आईजिपी बनाउने निर्णय गर्‍यो। कार्कीले आगामी कात्तिक २७ गते कार्यभार सम्हाल्नेछन्। उनी २ वर्षभन्दा बढी नेपाल प्रहरीको प्रमुख रहनेछन्। हालका आईजिपी चन्द्रकुबेर खापुङले बुधबार रातीदेखि अनिवार्य अवकाश पाउँदैछन्, ३० वर्षे सेवा अवधिका कारण। उनी झन्डै २ महिना नेपाल प्रहरीको आईजिपी रहे।

Read More

काठमाडौं । चालु आर्थिक वर्षमा ५ वटा मात्र वाणिज्य बैंकको नाफा बढेको छ। १४ वटा बैंकको भने नाफा घटेको छ। समग्रमा वाणिज्य बैंकहरूको नाफामा गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस अवधिमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रूपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा १८.४७ प्रतिशतले कम हो । गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूले १६ अर्ब १२ करोड ९४ लाख रूपैयाँ नाफा कमाएका थिए । नाफा बढाउनेमा बैंकको सूचीमा ग्लोबल आईएमई बैंक अगाडी छ। चालु आर्थिक वर्षको सुरुको तीन महिनामा यस बैंकले १…

Read More

काठमाडौं।  बाराको निजगढबाट ठ्याक्कै एक घण्टा २ मिनेटमा काठमाडौं आईपुग्ने बाटो यतिबेला नेपाली सेनाले बनाइरहेको छ जसलाई तराई काठमाडौं जोड्ने फास्ट ट्रयाक भनिन्छ। झन्डै ७१ किलोमिटरको यो बाटोलाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाएको थियो।   यो बाटोले तराईबाट काठमाडौं आईपुग्न लाग्ने घण्टौँको समयलाई ह्वात्तै छोट्याउने छ। यति मात्र होइन आर्थिक क्षेत्रमा समेत यो बाटोले ठुलो फड्को मार्न भूमिका खेल्ने अपेक्षा गरिएको छ। सरकारले यो बाटो निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिएको थियो, २०७४ सालमा। विविध कारणले तोकिएको समयमा यो तयार भएन। नेपाली सेनाले २०८३ चैतसम्म यो आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ। यो बाटो तराई क्षेत्रमा २७…

Read More