Author: एनआरएन

काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी राजनीतिमा फर्किएको घोषणा गरेकी छिन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच भण्डारीले आफु एमाले राजनीतिमा सक्रिय भएको घोषणा गरेकी हुन्। दिंवगत श्रीमान मदन भण्डारीको जन्मजयन्ती अवसरमा आयोजित कार्यक्रममा भण्डारीले भनिन्(‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट अलग भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तर दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु ।’ मदन भण्डारी एमालेका पूर्व महासचिव हुन्। जिम्मेवारीमा रहेकै वेला विवादास्पद सवारी दुर्घटनामा उनको निधन भएको थियो।जननेता मदन भण्डारीको भनाई स्मरण गर्दै भण्डारीले जनता भगवान र राजनीतिमा थकाई नहुने बताइन्। आफु राजनीतिमा सक्रिय हुनु पछाडि कुनै विशिष्ट लक्ष्य नभएको बताइन्। २०७२ देखि दुई…

Read More

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को परीक्षाफल प्रकारशित भएको छ।राष्ट्रिय परिक्षा बोर्डले निकालेको नतिजा अनुसार ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। यसअघिको एसईईमा जम्मा ४८ प्रतिशत मात्र विद्यार्थी ग्रेडेड भएका थिए। नियमिततर्फ ४८ हजार १७७ जना विद्यार्थीहरूले ३.६ जीपीएदेखि ४ जीपीएमा ग्रेडेड भएका छन्। यसपालि ३.२ जीपीएदेखि ३.६ जीपीएसम्म ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ जीपीएदेखि २.८ जीपीएसम्म ४८ हजार ४७९ जना, २ जीपीएदेखि २.४ जीपीएसम्म ४ हजार १२६ जना, १.६ जीपीएदेखि २ जीपीएसम्म ८ जना ग्रेडेड भएको राष्ट्रिय परिक्षा बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६…

Read More

काठमाडौं – आफ्ना फेसबुक पोेस्टहरुमा अश्लिल कमेन्ट गर्नेहरुमाथी जाई लागेकी गायिका एलिना चौहानसहित समिक्षा अधिकारीको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गरेका छन्। शनिबार बिहान ओलीले सामाजिक सन्जालमार्फत गायिकाहरुले ठिक गरेको उल्लेख गरकेा छन्। ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ’, उनले लेखेका छन्, समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्‍याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।’

Read More

काठमाडौं। कुनै पनि मुद्धामा फरार भएका व्यक्तीलाई पक्राउ गर्दा प्रहरीले ठुलै सफलता जसरी प्रचार गर्छ। तर काठमाडौं प्रहरीले शुक्रबार एक जना फरार व्यक्तीलाई जाहेरवाला आफैले बुझाएको केही समयमा छाडेको छ। विवादित ठेकेदार मनोज भेटवाललाई पिडितले आफैले खोजेर प्रहरीको जिम्मा लगाएका थिए। ‘मैले आफैले फलो गर्दै अनामनगरबाट प्रहरी बोलाएर भेटवाललाई जिम्मा लगाएको हुँ। प्रहरीले सिंहदरबार वृत्तभित्र लिएर पनि गएको थियो। त्यहाँको सिसिटिभि फुटेज हेर्दा थाहा हुन्छ’, पिडितले भने। बैकिङ कसुर मुद्धामा भेटवालविरुद्ध केहि समय अघि पक्राउ पुर्जी जारी भएको थियो। जाहेरवालाले पक्राउ पुर्जी देखाएपछि प्रहरीले भेटवाललाई पक्राउ गरेको थियो। ‘बल्लबल्ल भेटाएको थिएँ। घर आएर केहि समयमा थाहा पाएँ- उनलाई त सिंहदरबार…

Read More

काठमाडौं। नेपाल प्रिमियर लिग-एनपीएल क्रिकेटको नेक्स्ट सिजनका लागि फ्रेन्चाइजहरुले धमाधम तयारी थालेका छन्। फ्रेन्चाइजहरुले यतिबेला खेलाडी रिलिज र रिटेन गरिरहेका समाचारले हिमालयन फेस्टिबलको माहोल साँच्नी नै भित्रिरहेको महसुस भइरहेको छ। हामी सबैलाई थाहा नै छ नेपाल क्रिकेट संघ-क्यानले गत वर्ष इतिहासमै पहिलोपटक नेपाल प्रिमियर लिगको आयोजना गरेको थियो।पहिलो सिजनमै एनपीएल यति धेरै रुचाइएयो की कीर्तिपुर क्रिकेट मैदानमा हरेक जसो खेलमा दर्शकहरु खचाखच भए। टिकट भएर पनि दर्शकहरुले खेल हेर्न नपाएका समाचारहरु आए। टिकट नपाएर बाहिरैबाटै, खचाखच भिडले खेल हेरिरहेका दृश्यहरु पनि देखिए। अन्तर्राष्ट्रिय मिडियाहरुले पनि एनपीएलको कभरेज गरे, लोकप्रियतालाई देखाए। पहिलोपटक आयोजना भएको यो फ्रेन्चाइज प्रतियोगिता यति चर्चित होला भनेर…

Read More

काठमाडौं। विवादित ठेकेदार मनोज भेटवाल फेरी पक्राउ परेका छन्। काठमाडौं प्रहरीको टोलीले शुक्रबार बिहान कटवाललाई पक्राउ गरेको हो। सिंहदरबार प्रहरी वृत्तको नियन्त्रणमा रहेका भेटवाललाई काठमाडौं प्रहरी परिसरको जिम्मा लगाउने तयारी भइरहको डीएसपी गंगा पौडेलले जानकारी दिए। भेटवालविरुद्ध परिसरमा बैंकिङ कसुरको जाहेरी दर्ता भएको थियो। भेटवाल यसअघि पनि बैंकिङ कसुरलगायत मुद्धामा पक्राउ परेका थिए।

Read More

रियाद। क्रिस्टियानो रोनाल्डोले साउदी अरबको प्रो लिग क्लब अल नासरसँगको सम्झौता २ वर्ष लम्ब्याएका छन्। ४० वर्षे रोनाल्डो सन् २०२७ सम्म अल नासरमा रहने भएका छन्। अल नासर र रोनाल्डोबीचको सम्झौता आगामी जुन ३० तारिखमा सकिँदै थियो। केहि साता अघि रोनाल्डोले अल नासर छाड्न सक्ने संकेत गरेका थिए। तर करार सकिनुभन्दा केही दिनअघि बिहीबार राती नविकरण भएको छ। ५ पटकका बेलोन डीअर विजेता रोनाल्डो सन् २०२२ को डिसेम्बरमा अल नासर भित्रिएका थिए। यो वर्ष रोनाल्डोले पोर्चुगलका लागि नेसन्स लिगको पनि उपाधि जितेका छन्। गत सिजन रोनाल्डोले अल नासरका लागि ४१ खेलमा ३५ गोल गरेका थिए। उनी साउदी प्रो लिगका लागि…

Read More

विरगन्ज। पर्सा प्रहरीले ठुलो परिमाणको लागु औषध चरेस बरामद गरेको छ। काठमाडौंबाट विरगन्जतर्फ आएको मालबहाक ट्रकभित्र बुधबार ३ सय १९ केजी चरेस बरामद फेला परेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए। प्रहरीले प्रदेश २-०३-००१ख६३४८ नम्बरको मालबहाक ट्रक र त्यसका चालक मकवानपुरका ३६ वर्षीय बुद्धीबहादुर स्याङ्तानलाई नियन्त्रणमा लिएको छ। चालकको साथबाट एक लाख ९२ हजार रुपैयाँ नगद पनि बरामद भएको पर्सा प्रहरी प्रमुख मिश्रेले बताए। विरगन्ज महानगरपालिका-२१ परवानीपुरमा साँझ साढे ७ बजे प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। त्यसक्रममा ट्रकको पछाडिपट्टी सामान बोक्ने भागमा प्लास्टिकको बोराभित्र लुकाएर राखिएको अवस्थामा चरेस भेटिएको थियो। १३ वटा पोकामा उक्त चरेस प्याकिङ गरिएको…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर बनेको एक महिनापछि पौड‍ेलले नेपाल राष्ट्र बैंकमार्फत आफ्नो सम्पत्ती सार्वजनिक गरेका हुन् । पौडेलको सम्पत्ती धेरैजसो सम्पत्ति श्रीमती प्रतिभा शर्माको नाममा रहेको विवरणमा उल्लेख छ ।यस्तै पैतृक सम्पत्तीबाट धेरै सम्पत्ती जोडेको उल्लेख गरिएको छ। विवरण अनुसार शर्माको नाममा ललितपुरको सैँबुमा ५ आना २ दाम क्षेत्रफलमा फैलिएको जमिन र सोही जग्गामा बनेको घर छ। नवलपरासीको गैँडाकोटमा शर्माकै नाममा ५ कट्ठा भन्दा बढी जमिन छ। पौडेलसँग रहेको सम्पत्तीको ठुलो हिस्सा सेयर लगानीमा रहेको देखिएको छ। उनीसँग करिब १४ करोड रुपैयाँ बराबरको शेयर छ । यसमध्ये करिब…

Read More

काठमाडौं। विशेष अदालतले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ। विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटी मागेको हो । नेपाल धरौटी बुझाएर छुटेका छन्। उनले ३५ लाख रूपैयाँको बैंक ग्यारेन्टी बुझाएर छुटेका हुन्। विशेष अदालतले आदेशमा भनेको छ, ‘कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्ने र खरिद गरेको जग्गाहरू जुन प्रयोजनको लागि खरिद भएको हो, त्यसमा प्रयोग नगर्दै अन्य व्यक्ति विशेषलाई बिक्री वितरण समेत गर्न पाउने गरी प्रतिवादी तत्कालिन मन्त्रिपरिषद्ले गरेका निर्णयहरु विशुद्ध नीतिगत निर्णयको परिधिमा पर्ने हो वा होइन भन्ने…

Read More