



Author: एनआरएन
काठमाण्डौं। गृहमन्त्रीको ‘प्रमुख स्वकीय हुँ’ भन्दै प्रहरी र प्रशासनदेखि विभिन्न निकायमा फोन गरेको आरोपमा बिहीबार एक जना काठमाडौंबाट पक्राउ परेका छन्। ती व्यक्ती गृहमन्त्री रमेश लेखकको पीए नभएको प्रहरीले जनाएको छ। वैतडीको भुमेश्वर गाउँपालिका–७ का २६ बर्षीय करनसिंह विष्टलाई काठमाण्डौबाट पक्राउ गरिएको हो ।उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक सानुराम भट्टराईले नक्कली पिए विष्टलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए।उहाँले नक्कली पिए भन्दै ठगी गर्दै हिडेका विष्टलाई धुम्वाराहीबाट पक्राउ गरेको जानकारी दिदैं प्रहरी बरिष्ठ उपरीक्षक भट्टराईले कानुनी कारबाही अघि बढिसकेको बताए।त्यसैगरी गृहमन्त्रीको सचिवालयले पनि नक्कली पिएको विषय सचिवालयमा आएपछि केही समय यता सुक्ष्म रुपमा जानकारी लिइरहेको थियो ।नक्कली…
काठमाडौं। नेपाली सेनाका प्रधानसेनापती अशोकराज सिग्देल भारतीय सेनाको औपचारिक निमन्त्रणामा भारत जाने भएका छन्। उनले मंसिर २६ देखि मंसिर २९ गतेसम्म भारत भ्रमण गर्ने तय भएको नेपाली सेनाले जनाएको छ। सेना प्रमुख भएपछि दुवै देशका सेनाले एक अर्काको देशको औपचारिक भ्रमण गरेर मानार्थ सेना प्रमुखको उपाधि लिने चलन छ। हालै भारतीय स्थल सेनाध्यक्ष नेपाल आएका थिए।
काठमाण्डौं। अति विशिष्ट व्यक्ति तथा विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि संशोधन गरिएको छ । मन्त्रीपरिषद्बाट पहिलो संशोधन भएको उक्त कार्यविधि सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबाट औपचारिक रुपमा कार्यान्वयनमा आइरहेको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमण जाँदा-आउँदा बिदाइ र स्वागतमा अन्र्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपस्थित हुने पदाधीकारीको संख्या कटौती गृह मन्त्रालयका सुचना अधिकारी दिलकुमार तामाङले जानकारी दिए। ‘भीभीआईपी विदेश भ्रमणमा जाँदा विमानस्थलमा पदाधीकारीहरु उपस्थित हुनुपर्ने व्यवस्था लामो समयदेखि रहेपनि गृहमन्त्रीको पदाधीकारी उपस्थित हुनुपर्ने संख्या घटाउने प्रस्ताव चार दिन अघि मन्त्रीपरिषद्ले कार्यविधिको पहिलो संशोधन स्वीकृत गरेको छ ।’ सुचना अधिकारी तामाङले भने, ‘…
काठमाडौं। नेपाल प्रिमियर लिग क्रिकेटमा अहिलेसम्मकै ठुलो लक्ष्य पुरा भएको छ। त्रिवि क्रिकेट मैदानमा बुधबार विराटनगर किङ्सले लुम्बिनी लायन्सलाई २ विकेटले हराएर प्रतियोगितामा पहिलो जित हात पार्दा एक सय ९२ रनको लक्ष्य पुरा गरेको हो। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सले अन्तिम ओभरमा आवश्यक १५ रन एक बल बाँकी रहँदै पुरा गरेर रोमान्चक जित हात पारेको हो। स्कटिस खेलाडी क्रिस सोलले विवेक यादबलाई अन्तिम ओभरको अन्तिम तीन बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए। विराटनगर किङ्सको पारीमा लोकेस बमले ७१, बासिर अहमदले ४० र मार्टिन गुप्टिलले २८ रन जोडे। त्यसअघि कप्तान रोहित पौडेलको ४६ र टम मोरेसको ३०…
काठमाडौ। दक्षिण कोरियामा सैन्य शासन लगाउने प्रयाश विफल भएको छ। राष्ट्रपति युन सुक योलले गरेको निर्णय संसदले विफल बनाएको हो। संसदले राष्ट्रपतिको प्रस्ताव पारित गरेन। राष्ट्रपति योल आफैले संसदको प्रतिक्रियापछि आफु मार्सल ल लगाउने निर्णयबाट पछि हटेको उल्लेख गरेका छन्।
काठमाडौं। सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेलाई चितवन पुर्याइएको छ। चितवनमा दर्ता भएको जाहेरीमाथी अनुसन्धानका लागि रविलाई चितवन लगिएको छ। रवि कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्। उनलाई कास्की प्रहरीको अनुरोधमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रास्वपा पार्टी कार्यालयबाटै नियन्त्रणमा लिएको थियो। त्यसपछि कास्की प्रहरी पुर्याइएका रविलाई अनुसन्धानका लागि रुपन्देही र काठमाडौं पनि ल्याइएको थियो।
काठमाडौं– नेपाल प्रिमियर लिग क्रिकेटमा बेटिङ गराएको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्ने सबै भारतीय नागरिक हुन्। उनिहरुलाई त्रिवि क्रिकेट मैदानबाटै नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले जनाएको छ। एनपीएलम बेटिङ र म्याच फिक्सिङलाई नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालयले नै विभिन्न युनिटका प्रहरीहरु परिचालन गरेको छ। एनपीएल मंसिर १५ गतेदेखि सुरु भएको हो।
पेसावर, पाकिस्तान । उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेको सङ्ख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले सोमबार जनाएको छ । विवादित आदिवासी सुन्नी र शिया मुस्लिम समुदायबिच भएको युद्धविरामपछि पनि अझै झडपहरू नरोकिएको तर कम भएको सरकारले जनाएको छ । पाकिस्तान सुन्नी बहुल देश हो । यद्यपि अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा ठुलो शिया जनसङ्ख्या छ । त्यहाँ दुई समुदाय दशकौँदेखि द्वन्द्वमा छन् । नोभेम्बर २१ देखि भएको झडपमा दिनहुँ मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको तथा १७७ जना घाइते भएको प्रान्तीय मन्त्रिपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा ‘कुर्रममा सशस्त्र समूहद्वारा स्थापित बङ्करहरू ध्वस्त गरिने…
काठमाडौँ, मङ्सिर १७। राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालमा नौ लाख ९७ हजार ६६३ एकल महिला रहेको जनाएको छ । सोमबार कार्यालयले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कबाट छुट्टै अध्ययन गरी निकालिएको एकल महिला तथ्याङ्क सार्वजनिक गरेको हो । तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा बढी एकल महिलामा बिधुवा महिला बढी रहेको देखाएको छ ।नेपालको ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये नौ लाख ३६ हजार ९८ घरपरिवारमा कम्तीमा एक एकल महिला/विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अध्ययन गर्दा विधवा, सम्बन्धविच्छेद, भिन्न बस्ने चार समूहलाई जोडेर एकल…
बेइजिङ (चीन), मङ्सिर १७ गते । प्रधानमन्त्री केपी शर्मा ओली चार दिवसीय चीन भ्रमणका क्रममा सोमबार बेइजिङ आइपुग्नु भएको छ । उहाँलाई यहाँस्थित बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ कम्युनिस्ट पार्टीका वैदेशिक मामिलाका उपमन्त्री सुन बेइदोङले स्वागत गर्नुभयो । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आज बेइजिङ आइपुग्नुभएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी, प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय हितका विविध विषयमा विचार आदानप्रदान गर्नुहुनेछ । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका छ । भ्रमणका…