



Author: एनआरएन
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गभर्नर बनेको एक महिनापछि पौडेलले नेपाल राष्ट्र बैंकमार्फत आफ्नो सम्पत्ती सार्वजनिक गरेका हुन् । पौडेलको सम्पत्ती धेरैजसो सम्पत्ति श्रीमती प्रतिभा शर्माको नाममा रहेको विवरणमा उल्लेख छ ।यस्तै पैतृक सम्पत्तीबाट धेरै सम्पत्ती जोडेको उल्लेख गरिएको छ। विवरण अनुसार शर्माको नाममा ललितपुरको सैँबुमा ५ आना २ दाम क्षेत्रफलमा फैलिएको जमिन र सोही जग्गामा बनेको घर छ। नवलपरासीको गैँडाकोटमा शर्माकै नाममा ५ कट्ठा भन्दा बढी जमिन छ। पौडेलसँग रहेको सम्पत्तीको ठुलो हिस्सा सेयर लगानीमा रहेको देखिएको छ। उनीसँग करिब १४ करोड रुपैयाँ बराबरको शेयर छ । यसमध्ये करिब…
काठमाडौं। विशेष अदालतले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ। विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोप खेपेका पूर्वप्रधानमन्त्री नेपाललाई धरौटी मागेको हो । नेपाल धरौटी बुझाएर छुटेका छन्। उनले ३५ लाख रूपैयाँको बैंक ग्यारेन्टी बुझाएर छुटेका हुन्। विशेष अदालतले आदेशमा भनेको छ, ‘कम्पनीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद गर्ने र खरिद गरेको जग्गाहरू जुन प्रयोजनको लागि खरिद भएको हो, त्यसमा प्रयोग नगर्दै अन्य व्यक्ति विशेषलाई बिक्री वितरण समेत गर्न पाउने गरी प्रतिवादी तत्कालिन मन्त्रिपरिषद्ले गरेका निर्णयहरु विशुद्ध नीतिगत निर्णयको परिधिमा पर्ने हो वा होइन भन्ने…
काठमाडौं। बीचमा पर्सियन गल्फ अर्थात समुद्र। पारीपट्टी इरान। समुन्द्रको वारिपट्टी किनारमा लहरै जोडिएका छन् कुवेत, साउदी अरब, कतार र यूएई । पर्सियन गल्फमा टापु देखिने यो ठाउँ बहराइन हो। अब सोमबार साँझ विश्वलाई नै हल्लाएको एउटा घटनातर्फ लागौँ। उडिरहेका थुप्रै विमानहरु अचानक डाइभर्ट गरिए। एयरपोर्ट पुगेका हजारौँ यात्रुहरु उड्न पाएनन् र अलपत्र परे। इरान-इजरायलबीच चलिरहेको युद्ध अब चाहीँ फैलिएर भयानक बन्छ की भन्ने त्रास एकाएक मच्चियो। किनभने युद्धमै सहभागी नभएको कतारमा इरानले ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। कतार, साउदी अरब, बहराइन, यूएईलगातय देशमा विश्वभरबाट आएर श्रमिकहरुले काम गरिरहेकाले कतारमाथीको यो आक्रमणले विश्वको ध्यान तानिएको थियो। कतार युद्धमा सहभागी नभए…
काठमाडौं। सरकारले भिजिट भिषा सेटिङमा छानबिन गर्न पूर्व मुख्य सचिवस्तरीय समिती बनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सेटिङबारे छानबिन गर्न पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहेका शंकरदास वैरागीको नेतृत्वमा ‘अध्यागमन र भिजिट भिसाको उच्चस्तरीय अध्ययन एवं छानबिन समिति’ गठन भएको छ। समितिमा गृह, श्रम, संघीय मामिला, परराष्ट्र मन्त्रालयका सहसचिवहरू सदस्य रहने छन्। समितिलाई ३ महिनाको कार्यादेश दिइएको छ। त्रिभुवन अध्यागमन कार्यालय प्रमुख तिर्थराज भट्टराई भिजिट भिषा सेटिङमा मुछिएपछि प्रतिपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकमाथी पनि छानबिन गर्न माग राखेर संसद अवरुद्ध गरेका थिए। सत्तारुढ दल र प्रमुख प्रतिपक्षी माओवादीबीच जेठ ३० मा दुई बुँदे सहमति भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा निरन्तर विरोध गर्दै…
काठमाडौं। इरानले कतारस्थित अमेरिकी सेनाको हवाई बेसलाई लक्ष्यित गरि सोमबार साँझ मिसाइल हमला गरेको छ। इरानी सेनाले अल उदिद हवाई बेसलाई तार्गेट गरेर ब्यालेस्टिक मिसाइल हमला गरेका थिए। त्यसअघि इरानले कतारले आफुले आक्रमण गर्न लागेको सूचना दिएका थिए। सोहि कारण कतार र अमरिकी सेना दुवैले पर्याप्त तयारी गरेका थिए। कतारले आफ्नो एयर स्पेस बन्द गरेको थियो। आक्रमणपछि कतारको आकाशमा मिसाईलका झिल्का र विस्फोटका आवाजहरु सुनिएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्। कतारले सबै आक्रमणलाई इन्टरसेप्ट गर्न सफल भएको जनाएको छ। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पूर्व सूचना दिएका कारण कुनै मानवीय क्षति नभएको बताएका छन्। साथै उनले इरानको यो आक्रमणलाई…
काठमाडौं। राजा नभए राष्ट्रपती, राष्ट्रपति नभए राजा। हामी प्राय सबैलाई राज्य प्रमुखबारे यत्ति थाहा छ। विभिन्न समयमा भएका आन्दोलनले पनि हामी यसबारे मज्जाले भन्न सक्छौँ। तर हाल अमेरिका र इजरायल मिलेर आक्रमण भइरहेको इरानमा यस्तो छैन। त्यहाँ राष्ट्रपतीले सरकार चलाउँछन् तर राज्यका महत्वपूर्ण निर्णयहरु उनले गर्दैनन्। नत उनीसँग राज्य प्रमुखको हैसियत हुन्छः प्रश्न आउँछ त्यो अधिकार र हैसियत कोसँग हुन्छ त। त्यो अधिकार सुप्रिम लिडरसँग हुनछ जुन एउटा धार्मिक पद हो। इरान इस्लामिक रिपब्लिक देश हो। यहाँको शासन व्यवस्था इस्लाम धर्ममा आधारित हुन्छ। राष्ट्रपती, संसद जनताले निर्वाचित गर्छन्। राष्ट्रपतीको कार्यकाल ४ वर्षको हुन्छ। सर्वोच्च नेता इस्लाम धर्मको प्रकाण्ड विद्धानबाट…
काठमाडौं। केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयोतोल्लाह अलि खमिनी कहाँ रहेका छन् आफुलाई थाहा भएको र सजिलो मार्न सक्ने बताए। तर उनले सँगै थपे- अहिले उनी सुरक्षित छन। खमिनी बंकरमा लुकिरहेको भनेर समाचार आइरहेका बेला ट्रम्पले यस्तो भनेका थिए। उनले इरान र खमिनीलाई स्वेच्छिक आत्मसम्पर्ण गर्न पनि भने। त्यसपछि खमिनीले कडा प्रतिवाद गरे। इजरायलसँग चलिरहेको युद्धमा सहभागी भए अमेरिकालाई ठुलो अपूर्णीय क्षति हुन सक्ने चेतावनी दिए। लगत्तै ट्रम्पले इरानमाथी आक्रमण गर्ने योजना पारित गरे। अमेरिकी हवाई सेनाले शनिबार राती इरानका मुख्य तीन आणविक भट्टीमा शक्तिशाली विस्फोट गरायो। पहाडभित्र सन्चालन गरिएको फोर्डो आणविक भट्टीमा ६ वटा शक्तिशाली…
काठमाडौं : स्कटल्याण्ड भ्रमण सकेर नेपाली क्रिकेट टोली आज स्वदेश फर्कँदै छ। एक महिना लामो भ्रमणमा नेपाली क्रिकेटले विश्वकप लिग-२ शृंखला र त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। यी शृंखलामा नेपालले चारवटा एकदिवशीय अन्तर्राष्ट्रिय र ४ वटा टी-२० अन्तर्राष्ट्रिय खेल खेल्यो। जसमा तीनवटा एकदिवशीय र दुईवटा टी-२० खेल जित्यो। दुवै शृखलाभर नेपाली क्रिकेटले व्यापक चर्चा पायो। अहिले पनि त्यो चर्चा रोकिएको छैन। एसोसियटको बेस्ट क्रिकेट भन्दै अन्तर्राष्ट्रिय सन्चार माध्यमहरु लेखिरहेका छन्। यस्तो किन भइरहेको छ, स्कटल्यान्ड भ्रमणबाट नेपाली क्रिकेटले एसोसियट क्रिकेट र विश्व क्रिकेटलाई दिएका मुख्य सन्देशबारे यहाँ चर्चा गर्ने छौँ। विश्वकप लिग-२ मा नेपालले खेल्ने ९ मध्ये कठिन शृंखला…
लन्डन। इरान-इजरायलबीच जारी युद्धमा अमेरिका औपचारिक रुपमा सहभागी भएको छ। अमेरिकाले नेपाली समयअनुसार शनिबार राती इरानका तीनवटा आणविक भट्टी केन्द्रहरुमा हवाई आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार नातान्ज, फोर्डोलगातत आणविक भट्टीहरुमा बम खसालिएको छ। अमेरिकाले आक्रमणका लागि बीटु बम्बर प्रयोग गरेको छ। पहाडी भुभागभित्र रहेको फोर्डोलाई बीटु बम्बरले मात्र आक्रमण गर्न सक्ने बताइएको थियो। बीटु बम्बर अमेरिकाको हवाई सेनाले प्रयोग गर्छ। यसअघि इरानमाथी इजरायलले गरेको आक्रमणमा समथर्न गर्दै अमेरिकाले आफु पनि सहभागी हुने निर्णय गरेको थियो। इरानको आणविक उत्पादनको खतरालाई अन्त्य गर्न त्यहाँ आक्रमण गरिरहेको इजरायल र उसका पक्षधरहरुको दावी छ।
काठमाडौं। इजरायल र अमेरिकाले इरानका जनतालाई ठाउँ खाली गर्न र सुरक्षित ठाउँमा जान भनिरहेका छन्। यता इरानले पनि त्यसै भन्दै छ इजरायलको तेल अभिभ, हैफाजस्ता शहरका बासिन्दालाई। यसले इरान-इजरायलबीच एक साता अघि सुरु भएको युद्ध थप चर्किन सक्ने र कहाँ पुगेर रोकिन्छ भनेर अनुमान गर्न नसकिने अवस्थामा छ। इजरायलले सैन्य र आणविक कार्यक्रमका इलाकालाई लक्ष्यत गरेर आक्रमण सुरु गरेकामा इरानी जनतासँग आफ्नो कुनै समस्या नरहेको उसको भनाई थियो। इजरयालको मिसाइल र ड्रोन आक्रमण इरानका सैन्य इलाका, मिसाइ लन्च केन्द्र, अनुसन्धान केन्द्र, तेल तथा ग्याँस खानी, परमाणु प्रसोधन केन्द्रलाई लक्ष्यित गरिएको छ। परमाणु बमका लागि प्रयोग हुन सक्ने युरेनियमको प्रशोधन केन्द्र…