Author: एनआरएन

काठमाडौं। फागुन २५ गते पोखराबाट फर्किएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उर्लिएको जनलहरले गणतन्त्रवादीहरु तर्सिए। प्रतिनिधि सभा तात्यो। प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष प्रचन्डदेखि प्रधामनन्त्री केपी शर्मा ओलीले राजावादीहरुलाई गाली गर्न थाले। यो लहरमा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा पनि मिसिए। उनिहरुले बारम्बार दोहोर्‍याए- नेपालमा राजतन्त्र फर्कन असम्भव छ, नेपाली जनता अब पछाडि फर्किँदैनन्, लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हो। एक दशक लामो जनयुद्को नेतृत्व गरेका प्रचण्ड तत्कालिन राजदरबार हत्याकान्डको प्रसंग निकालेर ज्ञानेन्द्रमाथी अनुसन्धान गर्ने धम्कि पनि दिन भ्याए। उता जनलहर देखाएर राजतन्त्रवादीहरु राजसंस्थालाई जसरी पनि फर्काउने भनेर सडकदेखि सदनसम्म गणतन्त्रवादीहरुलाई थर्काइरहेका छन्। तर्साइरहेका छन्। प्रतिनिधि…

Read More

काठमाडौं। सरकारले नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। कार्यकाल सकिन केही महिना मात्र बाँकी रहेका घिसिङलाई सोमबार बसेको मन्त्रि परिषद् बैठकले हटाउने निर्णय गरेको हो। यसअघि कुलमानलाई किन नहटाउने भन्दै पटकपटक स्पष्टिकरण सोधिएको थियो। कुलमानलाई हटाइएपछि सत्तारुढ नेपाली कांग्रेसकै महामन्त्री गगन थापा, प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले चर्को विरोध गरेका छन्। सरकारले कुलमानको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।

Read More

काठमाडौं – केवल तीन टोलीलाई पछाडि पार्नुपर्ने। त्यति गरे एसियाली फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता एसियन कप खेल्ने पक्का।तर के नेपालका लागि यो सम्भव छ ? मंगलबारदेखि सुरु हुने एसियन कपको तेस्रो चरणको छनोटमा नेपालको लक्ष्य के त ?नेपाली फुटबल टोली यतिबेला मलेसियामा छ। एसियन कपको छनोटअन्तर्गत तेस्रो चरणको आफ्नो पहिलो खेल नेपालले मंगलबार मलेसियासग खेल्दै छ।तेस्रो चरणमा ६ वटा समूह छन् । हरेक समूहमा ४ वटा टोली छन्। समूहको विजेता मात्र एसिया कप पुग्ने छ। नेपाल रहेको समूह एफमा लाओस र भियतनाम पनि छन्। यसको मतलब नेपाल, लाओस, भियतनाम र मलेसियामध्ये एक टोलीले एसिया कप खेल्ने छ।नेपालले हालसम्म एसिया कप…

Read More

काठमाडौं। मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा नेपालले सिंगापुरमाथी ऐतिहासिक जित हात पारेको छ। शुक्रबार साँझ भएको खेलमा नेपालले सिंगापुरलाई १-० गोलले हरायो। सिंगापुरमै भएको खेलमा नेपालका जिलेस्पीजङ कार्कीले गोल गरे। उनले १२ औँ मिनेटमा गोल गरेका थिए। नेपालले सिंगापुरलाई ३६ वर्षपछि हराएको हो। फिफा वरियतामा नेपालभन्दा सिंगापुर १५ स्थान माथी रहेको छ। नयाँ प्रशिक्षक म्याट रोसको प्रशिक्षणमा नेपालले पहिलो खेलमै जित हात पारेको हो। एसिया कप छनोटको तयारीका लागि नेपालले सिंगापुरसँग मैत्रिपूर्ण खेल खेलेको हो। नेपालले मलेसियासँग सोमबार प्रतिस्पर्धा गर्दै छ।

Read More

काठमाडौं । पर्साको विरगन्जमा एक वडाध्यक्षमाथी सांघातिक आक्रमण भएको छ। विरगन्ज महानगरपालिका–१५ वडाध्यक्ष आशुतोष चतुरवेदीले आफुमाथी फागु पुर्णिमाको साझ फागुन २९ गते वडाध्यक्ष,पत्रकार, प्रहरीसहितको टोलीले आक्रमण गरेको बताएका छन्। घटनास्थलको सिसिटिभी फुटेज पनि बाहिर आएको छ। स्थानीय एक पार्टी प्यालेसमा बर्थ डे मनाउन पुगेको बेला आफुलाई पत्रकार भुषण यादब, नेपाल प्रहरीका वरिष्ठ सई सागर सम्सेर राणा, विरगन्ज महानगरपालिका–१० वडाध्यक्ष सुशिल शाह कानु, प्रहरी जवान दीपेश क्षेत्रीसहितको समूहले अन्धाधुन्ध आक्रमण गरेको चतुरवेदीले बताए।’पार्टि मनाइरहेका बेला एउटा हुल अचानक आएर आक्रमणमा उत्रियो’, उनले भने। सख्त घाइते भएका वडाध्यक्ष चतुरवेदीलाई तत्कालै अस्पताल लगिएको थियो। आफुविरुद्ध आक्रमण गर्नेविरुद्ध कारबाहीका लागि उजुरी गरेपनि पर्सा प्रहरीले…

Read More

काठमाडौं। २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ परेका कुसाङ लामामाथी यतिबेला अनुसन्धान भइरहेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत सोमबार साँझ ४३ वर्षीय कुसाङलाई काठमाडौंको झोरबाट ट्रकमा उक्त रकम लुकाएर रसुवा जाँदै गर्दाको अवस्थामा पक्राउ गरेको थियो। उक्त ट्रक कुसाङकी आमाको नाममा दर्ता रहेपनि कुसाङ यो घटनामा भरिया मात्र भएको पाइएको छ। गत माघ २९ गते कुसाङकी आमाको नाममा उक्त ट्रक नामसारी भएको थियो। तर आर्थिक अवस्था कमजोर भएको कुसाङको परिवारले कसरी त्यो ट्रक जोड्यो भन्नेमा प्रहरीले सुरुवातदेखि आशंका गरिरहेको छ। कुसाङ यसअघि ७ केजी सुनसहित पक्राउ परेका थिए। २०७३ सालमा पक्राउ परेका उनी ५ वर्ष…

Read More

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट सन्चालन हुने परिक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भएका छन् । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।

Read More

काठमाडौं। रसुवा हुँदै चीन जाने तयारीमा रहेको एक ट्रकभित्रबाट करिब २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार साँझ टोखाबाट ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशीका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा रहेका छन्। उनी बरामद भएको ट्रकका चालक र मालिक दुवै हुन्। तर उनी उक्त रकमको भरिया मात्र भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार कुसाङ यसअघि चीनबाट ७ केजी सुन लिएर आउनेक्रममा पक्राउ परेका थिए। उक्त घटनामा ५ वर्ष जेल बसेर उनी २०७८ सालमा छुटेको पाइएको छ। जेलबाट छुटेपछि पनि…

Read More

काठमाडौं। काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै विधार्थी भर्ना थालेको भन्दै विधालयहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ। काठमाडौं महानगरपालिकाले सोमबार एक विज्ञप्ती जारी गर्दै त्यस्ता गतिविधी नगर्न भनेको छ। ऐन कानुन विपरित हुने त्यस्ता गतिविधीबारे जन गुनासो आइरहेको भन्दै महानगरपालिकाले तत्काल बन्द गर्न भनेको हो।

Read More

काठमाडौं। नेपाल प्रहरीको नयाँ प्रमुख दीपक थापा बनेका छन्। मन्त्रि परिषद्को सोमबार बसेको बैठकले थापालाई आईजिपीमा बढुवा गर्ने निर्णय गरेको हो। थापाले मंगलबार कार्यभार सम्हाल्नेछन्। बसन्तबहादुर कुँवरले अवकाश पाउनु अघिल्लो दिन सरकारले नयाँ आईजिपीबारे टुंगो लगाएको हो। कुँवर ३० वर्षे सेवा अवधिका कारण सोमबार रातीबाट अवकाशमा गएका छन्। नयाँ आईजीपिका लागि तीन जना एआईजी दावेदार थिए। सरकारले सुदिप गिरी र टेकबहादुर तामाङभन्दा वरिष्ठताक्रममा अगाडी रहेका थापालाई आईजिपी बनाउने निर्णय गरेको हो। थापाले २०५२ सालमा प्रहरी सेवा थालेका हुन्। उनी कम्तिमा ६ महिना नेपाल प्रहरीको आईजिपी रहनेछन्। 

Read More