



Author: एनआरएन
काठमाडौं। इरानका एक उच्च धार्मिक गुरुले दिएको स्टेटमेन्टले यतिबेला इस्लामिक समुदायसहित पश्चिमा राष्ट्र र अमेरिकामा तरङ्ग सृजना गरेको छ। ग्रान्ड आयोतोल्लाह नासर मकारेम सिराजीले अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई भगवानविरुद्ध युद्ध गरेको भन्दै भगवानको शत्रुका रुपमा उल्लेख गरेका छन्। एउटा व्यक्तीले दिएको यो स्टेटमेन्ट किन यति चर्चित बन्यो ? किन विश्व समुदायले मह्त्वका साथ हेरिरहेको छ? . यसको अर्थ के हुन्छ ? नासर मकारेम सिराजीले दिएको स्टेटमेन्ट इस्लामिक समुदायका लागि एउटा धार्मिक राय वा आदेश जस्तै हो जसलाई फत्वा भन्ने गरिन्छ। धर्म गुरुहरुले आफ्नो राय जसरी व्यक्त गरेपनि इस्लामिक समुदायले आदेशजसरी त्यसलाई ग्रहण गर्छ। ग्रान्ड आयोतोल्लाह…
काठमाडौं। महिला एसियन कप फुटबलको छनोटमा नेपालले आइतबार साँझ लाओसलाई ९-० गोलले हराएको छ। उज्वेकिस्तानमा भएको खेलमा नेपालका सावित्रा भण्डारीले ४, अनिता बस्नेत, अनिता केसी, रश्मीकुमारी घिसिङ, सरु लिम्बुले एक एक गोल गरे। एक गोल नेपालले आत्मघाती उपहार पाएको थियो। पहिलो हाफमा २-० गोलले अगाडि रहेको नेपालले मध्यान्तरपछि ७ गोल थपेको थियो। सिनियर अन्तर्राष्ट्रिय महिला फुटबलमा यो नेपालको सयौँ खेल थियो। यही खेलमार्फत नेपालले साम्बालाई नयाँ कप्तानको जिम्मेवारी दिएको छ। त्यसो त लाओसविरुद्ध भएको खेलमा नियमित कप्तान एन्जिला तुम्बापो सुब्बालाई बेन्चमा राखिएको थियो। एन्जिला मात्र होइन, रेखा पौडेल र प्रिति राईलाई पनि बेन्चमा राखिएको थियो। रेखा र पौडेललाई दोस्रो हाफमा…
काठमाडौँ – नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभाका निलम्बित सांसद मोहनबहादुर बस्नेतसँग २५ लाख रुपैयाँ धरौटी माग गरेको छ। आइतबार थुनछेक बहसपछि विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ। उनी सञ्चारमन्त्री भएका बेला टेरामक्स प्रविधि खरिद गर्ने निर्णय भएको थियो। फोन कल विवरण, म्यासेज, इन्टरनेट डेटालगायत नागरिकको गोप्य विवरणमा पहुँच राख्ने टेरामक्स प्रणाली खरिद प्रकरणमा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो कायम गरी पूर्व सञ्चारमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर भएको थियो।
काठमाडौं । नेपाल ओलम्पियन्स एसोसिएसनको चौथो साधारण सभा ले नयाँ नेतृत्व चयन गरेको छ । चितवनमा आज भएको साधारण सभाबाट अध्यक्ष दीपक विष्टसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन्। विष्ट यसअघि पनि अध्यक्ष थिए। एसोसिएसनको दुई उपाध्यक्षमा प्रविण तुलाधर, देबु थापा महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा मनिता श्रेष्ठ प्रधान र कोषाध्यक्षमा सन्तोषी श्रेष्ठ चयन भएका छन्। सदस्यमा विष्णु वहादुर सिंह, मुकुन्द हरि श्रेष्ठ, टिकाराम श्रेष्ठ,भगवती केसी , विमला रानामगर, राजकुमारी पान्डे, फूलमाया क्याप्छाकी, प्रिन्स दाहाल र सफलराम श्रेष्ठ निर्वाचित भए । त्यसअघि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले साधारण सभाको उद्घाटन गरेका थिए। बन्द सत्रले महासचिव राजेन्द्र भण्डारीले…
विवादमा आइरहने एमाले नेता महेश बस्नेत यतिबेला साह्रै अप्ठेरोमा परेका छन्। साह्रै अप्ठेरोमा किन भनेको हो भने उनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली पनि विवादमा तानिएका छन्। अब पार्टी अध्यक्ष नै अप्ठेरोमा परेपछि बस्नेतलाई तनाव भएन त ? उनलाई बेचैन र निद हराम गर्ने व्यक्ति थिइन्। गायिका समिक्षा अधिकारी। समिक्षाले बस्नेतका कारण आफु विक्षिब्द भएको भन्दै प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै शनिबार साँझ स्टाटस लेखेकी थिइन्। समिक्षाको स्टाटस आएपछि बस्नेत आँत्तिए। उनले स्टाटसलाई एडिट गरे। उनले आफ्नो मनासय गलत नभएको भन्दै चित्त दुखेको भए माफी मागेको स्पष्ट पारे। यो घटनालाई बुझ्न केही दिन अगाडि पुग्नुपर्छ। पल शाहसँग जोडेर आफुविरुद्ध नराम्रो…
काठमाडौं। नेपाल टेबल टेनिस संघको लापरबाहीका कारण उज्वेकिस्तानमा भइरहेको २९ औँ एसियाली युथ टेबल टेनिस च्याम्पियनसिपमा नेपाली खेलाडी प्रतिस्पर्धबाट बन्चित भएका छन्। महिला र पुरुष एकलतर्फ प्राप्त कोटामा नाम दर्ता नहुँदा दुई जना नेपाली खेलाडी प्रतिस्पर्धाबाट बन्चित भएका हुन्। महिला र पुरुष दुवैको एकल स्पर्धामा नेपालले ३/३ जना खेलाडीलाई प्रतिस्पर्धा गराउन पाउने थियो तर २/२ जना खेलाडीले मात्र खेल्न पाए। नेपाल टेबल टेनिस संघका महासचिव कुवेर सिंहले २/२ जना मात्र खेलाडी एकल स्पर्धामा दर्ता गरेको स्विकार गरे। ‘पहिला पनि २/२ जना मात्र खेलाडी दर्ता हुने गरेकाले हामीले त्यसैअनुसार यसपटक नाम दर्ता गरेका थियौँ। महिला र पुरुष दुवैतर्फ नेपालमा पहिलो र…
काठमाडौं – नेपालले आइतबारदेखि उज्वेकिस्तानमा महिला एसियन कप फुटबलको छनोट खेल्दै छ। त्यसअघि नेपाली महिला फुटबलले निकट भविस्यमा एसियन कपदेखि विश्वकप खेल्नेसम्मका सपनाबारे चर्चा भइरहेका छन्। ती सपनाबारे बुझ्न हामीले यो छनोट प्रतियोगिताबारे थाहा पाउनु पर्ने हुन्छ। नेपालले उज्वेकिस्तान, लाओस र श्रीलंकासँग खेल्ने छ। यी तीन टोलीलाई पछाडि पार्न सके नेपाल आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा छनोट हुने छ। समूहको विजेता मात्र एसियन कपका लागि छनोट हुने भएकाले नेपाल अंक तालिकामा उज्वेकिस्तान, लाओस र श्रीलंकाभन्दा अगाडि रहनुपर्ने छ। नेपालले अन्तिमपटक सन १९९९ मा आयोजना भएको महिला एसियन कप फुटबल खेलेको थियो। त्यतिबेलासम्म यो प्रतियोगिता खेल्न छनोट प्रतियोगिता खेल्नु पर्दैन…
काठमाडौं। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी राजनीतिमा फर्किएको घोषणा गरेकी छिन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच भण्डारीले आफु एमाले राजनीतिमा सक्रिय भएको घोषणा गरेकी हुन्। दिंवगत श्रीमान मदन भण्डारीको जन्मजयन्ती अवसरमा आयोजित कार्यक्रममा भण्डारीले भनिन्(‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट अलग भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तर दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु ।’ मदन भण्डारी एमालेका पूर्व महासचिव हुन्। जिम्मेवारीमा रहेकै वेला विवादास्पद सवारी दुर्घटनामा उनको निधन भएको थियो।जननेता मदन भण्डारीको भनाई स्मरण गर्दै भण्डारीले जनता भगवान र राजनीतिमा थकाई नहुने बताइन्। आफु राजनीतिमा सक्रिय हुनु पछाडि कुनै विशिष्ट लक्ष्य नभएको बताइन्। २०७२ देखि दुई…
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को परीक्षाफल प्रकारशित भएको छ।राष्ट्रिय परिक्षा बोर्डले निकालेको नतिजा अनुसार ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। यसअघिको एसईईमा जम्मा ४८ प्रतिशत मात्र विद्यार्थी ग्रेडेड भएका थिए। नियमिततर्फ ४८ हजार १७७ जना विद्यार्थीहरूले ३.६ जीपीएदेखि ४ जीपीएमा ग्रेडेड भएका छन्। यसपालि ३.२ जीपीएदेखि ३.६ जीपीएसम्म ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ जीपीएदेखि २.८ जीपीएसम्म ४८ हजार ४७९ जना, २ जीपीएदेखि २.४ जीपीएसम्म ४ हजार १२६ जना, १.६ जीपीएदेखि २ जीपीएसम्म ८ जना ग्रेडेड भएको राष्ट्रिय परिक्षा बोर्ड अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६…
काठमाडौं – आफ्ना फेसबुक पोेस्टहरुमा अश्लिल कमेन्ट गर्नेहरुमाथी जाई लागेकी गायिका एलिना चौहानसहित समिक्षा अधिकारीको प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशंसा गरेका छन्। शनिबार बिहान ओलीले सामाजिक सन्जालमार्फत गायिकाहरुले ठिक गरेको उल्लेख गरकेा छन्। ‘आफू राम्रो देखिन अरूको दोष खोजेर गाली गर्ने, जस्तो कुराको पनि विरोध नै गर्ने र सराप्ने परपीडक प्रवृत्तिबाट समाजलाई बचाउनु पर्छ’, उनले लेखेका छन्, समाजलाई उत्तेजनाले ‘गाइड’ गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो। समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो। राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन।’