Author: एनआरएन

काठमाडौं। सरकारले नेपाल प्रहरीको ३२ औँ महानिरिक्षक-आईजिपी चन्द्रकुवेर खापुङलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले खापुङलाई आईजिपीमा पदोन्नती गर्ने निर्णय गरेको हो। खापुङले आगामी भदौ १९ गते जिम्मेवारी सुरु गर्नेछन्। कात्तिक २६ गतेसम्म अर्थात झन्डै २ महिना उनी नेपाल प्रहरीको आईजिपी रहनेछन्। खापुङले २०५२ कात्तिक २७ गते प्रहरी निरिक्षकबाट नेपाल प्रहरीमा सेवा सुरु गरेका हुन्। हालका आईजिपी दीपक थापाले ३० वर्षे सेवा अवधिका कारण आगामी भदौ १९ गतेबाट अवकाश पाउँदैछन्। सरकारले उनलाई गत चैत पहिलो साता आईजिपी नियुक्त गरेको थियो। खापुङ आफ्नो ब्याचबाट एक्ला दावेदार थिए। खापुङको नियुक्तीसँगै एउटै विज्ञापनबाट आवेदन दिएका ३ जना आवदेक नेपाल प्रहरीको आईजिपी बनेका…

Read More

पशुपतीनाथ आर्यघाटमा जलाइरहेको शवबाट मासु झिकेर विक्री गरेको घटनाले केही साताअघि सनसनी मच्चियो। गत साउन २३ गते अपरान्ह शव जलाउन खटिएका पशुपती विकाश कोषका कर्मचारीले चिताबाट मासु झिकेको भन्दै मलामीहरुले हल्लाखल्ला गरेका थिए। यो निकै संवेदनशील विषय थियो। शवबाट मासु झिकेर विक्री गरेको, सोच्नै नसक्ने विषय थियो। त्यो पनि पशुपती आर्यघाटमा। प्रहरीले तत्कालै अनुसन्धान सुरु गर्‍यो। शव जलाउन खटिएका गणेशप्रसाद ढकाल भनिने जिवानन्द ढकाल र उनका सहयोगी विनायक मैनालीलाई प्रहरीले नियन्त्रणमा लियो। उनिहरुले दुई नम्बर घाटमा जलिरहेको शवबाट मासु झिकेर विक्री गरेको, त्यसरी विक्री गरेबापत पैसा लिएको मलामीहरुले आरोप लगाएका थिए। त्यसपछि प्रहरीले शवबाट झिकिएको भनिएको मासु खरिद गर्नेको खोजी…

Read More

रौतहटको गौरमा भएको रुविकुमारी शाहको हत्यामा प्रहरीले सुरुदेखि खोजिरहेका लक्ष्मण पासवान बुधबार बिहानै माधवनरायण नगरपालिका-६ नम्बर वडामा पर्ने माधोपुरमा जलिरहेको अवस्थामा भेटिए। प्रहरीले त्यसअघि लक्ष्मणको तिव्र तरिकाले खोजि गरिरहेको थियो। किनभने लक्ष्मणले आफु आगो लगाएर मर्न लागेको भिडियो रेकर्ड गरेर सामाजिक सन्जालमा राखेका थिए। प्रहरी दबाब र तनावमा थियो। प्रहरीले सम्भावित सबै ठाउँमा लक्ष्मणलाई खोजि गरिरहेका थिए। किनभने लक्ष्मणले प्रहरीले आफुलाई भेट्न नसक्ने भिडियोमा बोलेको सुनिन्छ। प्रहरीलाई हाइसन्चो के थियो भने उनिहरुले अनुमान गरेजस्तै, भिडियोमार्फत लक्ष्मणले रुवीको हत्या स्विकारेका थिए। तर दोषीलाई पक्राउ गरेर कानुनी कारबाही गराउनु उनिहरुको जिम्मेवारी र सफलता हुने थियो। सोही कारण लक्ष्मणलाई जसरी पनि जिवितै पक्राउ…

Read More

काठमाडौं। यातायात व्यवस्था विभागले असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजोड्ने सवारी साधनलाई कारबाही र जरिवाना गर्ने निर्णय आफैले खारेज गरेको छ। चौतर्फी विरोधपछि मंगलबार महानिर्देशक राजिब पोखरेलले एक विज्ञप्तिमार्फत इम्बोस्ड नम्बर प्लेट नजोड्नेलाई तत्काल कारबाही र जरिवाना नहुने उल्लेख गरेका हुन्। विभागले सर्वसाधारणलाई आफू अनुकूल यातायात कार्यालयमा गएर इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरेको छ। ‘असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरून्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड/जरिवाना नगरिने व्यहोरा समेत स्पष्ट पारिन्छ,’ विज्ञप्तिमा भनिएको छ। यस्तै नम्बर प्लेटमा अंग्रेजी भाषाको प्रयोग गरिएको सम्बन्धमा पनि विभागले स्पष्टीकरण दिएको छ। सर्वोच्चको…

Read More

काठमाडौं। साउन ८ गते एक युवती क्यानडाबाट काठमाडौं ओर्लिन्छिन्। ७/८ महिना अघि मात्र क्यानडा पुगेकी ती युवती काठमाडौं आएको उनका परिवारका कसैलाई पनि थाहा हुँदैन। त्रिभुवन विमानस्थलमा ओर्लिएपछि ब्वाइफ्रेन्डलाई फोन गर्दै लिन बोलाउँछन्। ब्वाइफ्रेन्ड एयरपोर्ट पुग्छन् र गलफ्रेन्डलाई आफ्नो डेरा कोठामा लिएर आउँछन्। त्यसको सात दिनपछि प्रहरीले ती ब्वाइफ्रेन्डलाई पक्राउ गर्छ। ब्वाइफ्रेन्डमाथी गम्भिर आरोप लागेको हुन्छ- बलात्कार गरेको। त्यस्तो आरोप लगाउने तीनै क्यानडाबाट आएकी युवती हुन्छिन्। उनले आफुलाई बन्धक बनाएर बलात्कार गरेको उजुरी प्रहरीमा गरेकी थिइन्। यतिबेला ती युवक ललितपुर प्रहरीको हिरासतमा छन्। ती युवक हाल एबिबिएस तेस्रो वर्षमा अध्ययन गरिरहेका विधार्थी हुन्। यति भनेपछि घटनाको पुरा विवरण थाहा पाउने…

Read More

काठमाडौं। १७ औँ नाडा अटो सो सम्पन्न भएको छ। स्वास्थ्यमन्त्री प्रदिप पौडेलले आइतबार नाडा अटो सोको समापन गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३ गते उद्घाटन गरेको यस अटो सोलाई एक लाख ७६ हजार ७ सय ८९ जनाले अवलोकन गरेको नाडाले जनाएको छ। प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरु राखिएका थिए। उड्ने सवारी साधन, रोवोटिक म्यान र डगका कारणले मात्र होइन थुप्रै नयाँ ब्रान्डका विद्युतिय सवारी साधनहरुको कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । सुस्ताइरहेको अटोमोवाइल व्यवसायका बावजुद पनि आयोजना गरिएको यो अटो शो ले अटोमोवाइल व्यवसायलाई मात्र होइन देशको…

Read More

काठमाडौं। गत आर्थिक वर्षमा १७ खर्ब २३ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ०८१/८२ मा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि छ। अघिल्लो वर्ष रेमिट्यान्स १६.५ प्रतिशतले बढेको थियो। राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५ लाख ५ हजार ९ सय ५७ रहेको छ। यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या ३,३३,३०९ रहेको छ । अघिल्लो आर्थिक वर्ष अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने ४ लाख ६० हजार एक सय २ थिए भने पुन श्रम स्विकृती लिनेको संख्या २ लाख ८१ हजार एक सय…

Read More

काठमाण्डौं – केन्द्रीय सुरक्षा समितिको बैठक आज गृह मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए । ‘विभिन्न माग राखि भइरहेका धर्ना, जुलुश, आन्दोलन तथा अवाञ्छित गतिविधीहरुलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ’, प्रवक्ता काफ्लेले भने,’ मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भयो ।’ त्यसैगरी बैठकले पर्साको वीरगञ्जमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गरी आवश्यक परेर तत्काल मेडिकल टिमसहित परिचालन गर्ने तयारी भएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र…

Read More

काठमाडौं। माबिलुङ इनर्जीको आईपीओ बाँडफाँट भएको छ। सर्वसाधारणका लागि छुट्याइएको आईपीओ बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले एक औपचारिक कार्यक्रम गरी बाँडफाँट गरेको छ। साउन २६ देखि २९ गतेसम्म खुलाइएको आईपीओका लागि २२ लाख ५ हजार ८७१ जनाले आवेदन दिएका थिए । विक्री प्रबन्धकका अनुसार १ लाख २४ हजार ८९० जनाले आईपीको पाएका छन् । यीमध्ये १ लाख २४ हजार ८८६ जनाले १० कित्ताका दरले पाएका छन् भने ४ जनाले ११ कित्ताका दरले पाएका छन् ।

Read More

काठमाडौं। प्रथम गुरुङले मेरो भ्वाइस युनिभर्स सिजन २ उपाधि जितेका छन्। शनिबार साँझ भएको फिनालेमा विजेताका रुपमा प्रथमको नाम घोषणा भएको हो। उनले एक करोड नेपाली रुपैयाँ पनि पाएका छन्। यस्तै सिटिजन्स लाइफ इन्सुरेन्सबाट ५० लाख रुपैयाँ बराबरको सुरक्षित जिवन विमा पनि प्राप्त गरेका छन्। टोपराज तामाङ फर्स्ट रनर अप र जुनु प्रसाई सेकेन्ड रनर अप बने। टोपराजले २५ लाख रुपैयाँ र जुनुले १० लाख रुपैयाँ पाएका छन्। यस्तै मेरो डान्स युनिभर्स सिजन २ विजेता रिस्ता गुरुङ बनेकी छिन्। उनले पनि एक करोड रुपैयाँ पाइन्। हङकङमा बस्दै आएकी रिस्ताले अन्य थुप्रै पुरस्कार जितेकी छिन्। अमृता राई फर्स्ट रनर अप बन्दै…

Read More