



Author: एनआरएन
काठमाडौ– सर्वेन्द्र खनाल सहभागी पछिल्ला कार्यक्रमहरु त्यहाँ उनले बोल्ने विषयहरु सुन्दा सर्वेन्द्रले आफुलाई सामाजिक अभियन्ताका रुपमा अगाडि सारिरहेको अनुमान लगाउन सकिन्थ्यो। दुई वर्षअघि औपचारिक रुपमा एमाले प्रवेश गरेका नेपाल पुलिसका पूर्व प्रमुख अनि सेलिब्रेटी अफिसर खनाल त्यसरी बोलिरहेका थिएनन् जसरी एउटा जिम्मेवार पार्टीको जिम्मेवार नेता बोल्छ।बरु उनी अहिलेका कथित सामाजिक अभियन्ताहरु जसरी जल्दो बल्दो विषयमा आफ्ना कुराहरु राखि हाल्न इच्छुक देखिन थालेका थिए। पछिल्लो समय युट्युबमा यत्रतत्र भेटिने उनका भाषणहरुबाट त्यसलाई सजिलै बुझ्न सकिन्थ्यो।यहीबीचमा सर्वेन्द्रले आइतबार बिहानै आफु कुनै पार्टीमा आबद्ध नरहेको खुलासा सामाजिक सन्जालमार्फत गरिदिए। नेपाल प्रहरीको पूर्व आईजिपि भएको र विभिन्न घटनाक्रमबीच एमाले भित्रिएका कारण सर्वेन्द्रको उक्त घोषणा…
काठमाडौं– गुन्डा नाइके मिलन चक्रेको पाखुरामा खुँडा प्रहार गरी ज्यान लिने प्रयाश गरेको आरोपमा दीपक मनाङ्गे यतिबेला कैद सजाय काटिरहेका छन्। घटना भएको झन्डै दुई दशकपछि प्रहरीले प्रदेश सांसद रहेका मनाङ्गेलाई पक्राउ गरी जेल भित्र हालेको हो। गत कात्तिक २० गते सर्वोच्च अदालतले ५ वर्ष कैद सजाय गर्ने उच्च अदालत पाटनको फैसला सदर गरेपछि विवादास्पद छविका मनाङ्गे यतिबेला डिल्लीबजार कारागारमा दैनिक विताइरहेका छन्। यसअघि जिल्ला अदालत काठमाडौंले गरेको २ वर्ष जेल सजाय भुक्तान गरेर उनी २०६३ सालमै छुटेका थिए। सजाय काटेर निस्किएका मनाङ्गेविरुद्ध उच्च अदालत पाटनले २०६९ सालमा सजाय बढाएर ५ वर्ष पुर्याएको थियो। उक्त फैसला आफुले थाहै नपाएको दावी…
काठमाडौं– झापा इनर्जीको स्वतन्त्र बोर्ड अफ डाइरेक्टरमा दीपेन्द्र प्रसाई नियुक्त भएका छन्।झापा इनर्जीको शुक्रबार सम्पन्न साधारण सभाले रिक्त स्वतन्त्र बोर्ड अफ डाइरेक्टरमा प्रसाईलाई नियुक्त गरेको हो। ११ सदस्यीय बोर्ड अफ डँईरेक्टरमा प्रसाईसहित दुई जना स्वतन्त्र छन्।कम्पनीको सेयर होल्डर नभएकामध्येबाट स्वतन्त्र बोर्ड अफ डाइरेक्टर नियुक्त हुने गर्छन्। झापा इनर्जी सन्चालन भएकै क्षेत्र स्थायी ठेगाना भएका प्रसाई चर्चित हास्यब्यंग्य कलाकार पनि हुन्। कम्पनीमा बोर्ड अफ डाइरेक्टरमा भित्र्याएपछिझापा इनर्जीका अध्यक्ष तथा सांसद एलपी सांवाले बधाई तथा शुभकामना व्यक्त गरे। प्रसाई व्यवस्थापन शंकायका स्नातकोत्तर उत्तिण हुन्। उनी काठमाडौमा अध्यापन समेत गर्दै आएका छन्।
काठमाडौं। भारतीय क्रिकेटर विराट कोहली, शिखर धवन र नेपालका सन्दीप लामिछाने सगरमाथाको आधार शिविर पुगेको भनेर होस् या सलमान खान नेपालमा आएको भनेर, पछिल्ला दिनहरुमा सामाजिक सन्जालमा एआई जेनेरेटेड भन्दै राखिएका तस्विरहरुले जो कोहीलाई पनि हेर्नेवित्तिकै कन्फ्युज बनाउन सक्छ। भारतीय क्रिकेटर मोहम्मद सामी र टेनिस खेलाडी सानिया मिर्जादेखि सुभमन गिल र सचिन तेन्दुलकरकी छोरी सारा एक साथ रहेका तस्विरहरु एआई जेनेरेटेड भन्दै सामाजिक सन्जालमा हामी जताततै देख्न सक्छौ। भविस्यमा नेपाली सेलिब्रेटीहरुका पनि यस्ता तस्विरहरु सामाजिक सन्जालमा नआउलान् भन्न सकिन्न। एआई तस्विर कसरी चिन्ने, यसले समाजमा कस्तो असर पार्न सक्छ, कानुनी कारबाही हुन्छ की हुन्न ? भन्नेबारे हामीले साइबर सम्बन्धी कानुनका…
काठमाडौं। रवि लामिछानेविरुद्ध सम्पत्ती शुद्धिकरणको अभियोग पनि दर्ता भएपछि यतिबेला यसले राजनीतिक वृत्तमा तरङ्ग ल्याएको छ। केहि दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्पत्ति शुद्धीकरणको हतियारले अब ठूला दलका कोही नजोगिने बताएका थिए। आइतबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ती शुद्धिकरण दुवै अभियोग लगाएर मुद्धा दायर गरेको छ। हामीले अहिले यही चर्चित सम्पत्ती शुद्धिकरणबारे वरिष्ठ अधिवक्ता तथा कानुनविद् डा. टिकराम भट्टराईसँग कुराकानी गरेका छौँ।
काठमाडौं। काठमाडौको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार र सम्पत्ती शुद्धीकरण अभियोग पत्र दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अभियोगपत्र दायर भएसँगै बस्नेत मेयरबाट निलम्बित भएका छन्। पद्यम कोलोनी र पद्यम मर्चेन्ट प्रालिका सन्चालक रहेका राजु कँडेलबाट जग्गा र नगद गरी ९ करोड २२ लाख ४६ हजार ३२ रुपैया घुस लिएको आरोप बस्नेतमाथी लागेको छ। कँडेल जगतगुरु कृपालु प्रतिष्ठान नेपालका अध्यक्ष पनि हुन्। अख्तियारका अनुसार मेयर बस्नेतले जगतगुरु कृपालु प्रतिष्ठानलाई विभिन्न शीर्षकमा कर छुट दिएको, ४ अर्ब ४८ करोड वैदेशिक सहायतका लागि सहमती दिएको तथा स्थानीयको करिब ४८ करोड रुपैयाँ पर्ने…
काठमाडौं। बाराको सिमरामा गाडीभित्र मृत भेटिएका नेपाल प्रहरीका कार्यालय सहयोगी राजकुमार रुम्बा घटनामा राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टरसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टर श्रीकान्त तिवारी, जितपुर सिमरा उपमहानगरपालिकाका २७ वर्षीय पुरुषोत्तम कुमार दास र सोही ठाउँ बस्ने २० वर्षीय इन्द्रजित कुमार चौहान रहेका छन्। मृतक रुम्बा सिमरा विमानस्थलमा कार्यरत थिए। तिवारी पनि सोही विमानस्थलमा खटिएका थिए। पुस ६ गते बिहान रुम्बाको जितपुर सिमरा-११ बकुलियास्थित सडक खन्डमा इभि कारभित्र शव भेटिएको थियो। प्रारम्भिक अनुसन्धानमा रुम्बाको गोली प्रहारबाट हत्या गरिएको पाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।
काठमाडौं- सन्दीप लामिछाने र रोहित पौडेलले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दा उनीहरु १६ वर्ष उमेरमा हिड्दै थिए। गुल्सन झा र कुशल मल्लले पनि १५ वर्ष पुरा भएको केही महिनामा सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका हुन। अर्थात माथी उल्लेख गरिएका ४ जनै खलाडीले १५ वर्ष पुरा भएर १६ वर्ष उमेरका दिनहरु बिताइरहेका बेला नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीमा आफ्नो स्थान बनाएका थिए। रोहित अहिले नेपाली टोलीको कप्तान छन्। कुशल, सन्दीप र गुल्सन नियमित सिनियर अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछन्। अब कुरा गरौँ हालै विश्वभर चर्चा पाएको नेपाल प्रिमियर लिगमा इमर्जिङ प्लेयर अफ दी टुर्नामेन्टको अवार्ड जितेका स्पीनर विपिन शर्माबारे। भर्खरै १६ वर्ष पुरा…
काठमाडौं : यतिबेला नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मन्टी देसाईलाई नेपाल क्रिकेट संघ-क्यानले विदा गर्न लागेको चर्चा छ। देशाईको सम्झौता नविकरण नहुने भन्दै समाचारहरु आइरहेका छन्। हामीले यस विषयमा क्यानका प्रवक्ता छुम्बी लामासँग कुराकानी गरेका छौँ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेले पार्टीविरोधी गतिविधि गरेको आरोपमा युवा नेतृ उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि निलम्बन गरेको छ। हामीले यस विषयमा तिम्सेनासँग टेलिफोनमार्फत उनको धारणा बुझ्ने प्रयाश गरेका छौँ।