


Author: एनआरएन
काठमाडौं– राजसंस्था पुर्नवहालीको एजेन्डा बोकेर आइतबार नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने घोषणा गरेको राप्रपाका शीर्षस्थ नेताहरु पक्राउ परेका छन्। प्रहरीले पार्टी अध्यक्ष राजेन्द्र लिङदेन, सांसद ज्ञानेन्द्र शाहीलगायतलाई पक्राउ गरेको छ।संसदीय दलको कार्यलयबाट बाहिर निस्कँदै गर्दा प्रदर्शन गरेको भन्दै उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो। लिङदेनसहितका नेताहरु नयाँ बानेश्वरतर्फ अगाडी बढ्ने तरखरमा थिए।उता नयाँ बानेश्वरमा राप्रपा समर्थकको भिडले पार्टी नेताहरुलाई पर्खिरहेको थियो। चैत १५ गतेको आन्दोलनमा पक्राउ परेका पार्टीका नेताहरुलाई रिहा गर्नुपर्नेलगायत माग राखेर राप्रपाका नेताहरु आइतबार अघोषित रुपमा गिरफ्तार दिन तयार देखिएका थिए। साँझ प्रहरीले लिङ्देनलगायत नियन्त्रणमा लिइएका सबैलाई रिहा गरेको छ।
काठमाडौं। वर्षा वाधक बनेपछि आगामी वर्ष आयोजना हुने आईसिसी यू-१९ विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ। घरेलु मैदानमा भइरहेको एसियाली छनोटको आफ्नो अन्तिम खेलमा खेल रद्ध भएर अफगानिस्तानसँग अंक बाँढेपछि नेपाल अगाडि बढ्न सकेन। अफगानिस्तानसँग समान अंक भएपनि नेपाल नेटरनरेटका आधारमा दोस्रो स्थानमा रहेर विश्वकप पुग्न नसकेको हो। ५ टोली सहभागी रहेको एसियाली छनोटबाट एक टोली मात्र विश्वकप पुग्ने प्रावधान थियो। अफगानिस्तान र नेपाल दुवैले जारी छनोटका आफ्ना अघिल्ला सबै तीन खेल जितेका थिए। नेपालले हालसम्म ८ पटक आईससिसी यू-१९ विश्वकप खेलेको छ। शनिबार मुलपानी क्रिकेट मैदानमा हुने भनिएको नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो २ बजे रद्ध भएको…
काठमाडौं । तपाई हामी सबैलाई थाहा नै छ, नेपालले अहिले घरेलु मैदानमा आईसिसी यू-१९ विश्वकपको एसियाली छनोट खेलिरहेको छ र सुरुका लगातार तीन खेल जितेको छ। तर शनिबार हुने अन्तिम खेलमा अफगानिस्तानलाई हराउन नसके यी जितहरुको कुनै अर्थ हुने छैन। अफगानिस्तानलाई हराउन सके मात्र नेपालले यो प्रतियोगिता खेल्नुको लक्ष्य पुरा गर्ने छ र विश्वकप पुग्ने छ। यो प्रतियोगिताबाट एक टोली मात्र विश्वकप पुग्ने भएकाले नेपालले त्यतिबेला मात्र यो सफलता हात पार्ने छ जब अफगानिस्तानलाई हराउने छ। अफगानिस्तानलाई हराएमा मात्र नेपालले विश्वकपमा स्थान बनाउछ भनेर यो प्रतियोगिता अघि नै अनुमान र विश्लेषण भएको कुरा हो। अन्तिम खेलमा नेपाल र अफगानिस्तान भिड्नु…
काठमाडौं। गएको चैत २६ गते एक महिला आफ्नो इसेवाबाट ९ हजार रुपैयाँ चोरी भएको भन्दै अत्तालिँदै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुग्छिन्। प्रहरीले घटनाबारे ती महिलासँग प्रारम्भिक जानकारी लिन्छ। इसेवाबाट पैसा चोरि हुनुभन्दा अगाडि महिलाले आफ्नो मोबाइलमा के के गरेकी थिइन्, प्रहरीलाई सविस्तार लगाउँछिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको साइबर अपराध हेर्ने पिलरले ती महिलालाई घर पठाउँदै सुक्ष्मरुपमा अनुसन्धान अगाडि बढाउँछ। एक साता पनि वित्न नपाउँदै प्रहरीको अनुसन्धान सुई एक युवकसम्म पुग्छ। तर जब युवक अनि कारोबारबारे बुझ्न थाल्छ, प्रहरी छक्क पर्छ। उनको नाममा दर्ता रहेको एक कम्पनीको बैंक र इसेवा मर्चेन्ट खातामा अप्रिल १ देखि १३ तारिखसम्म अर्थात १३…
काठमाडौं। भारतबाट पक्राउ गरि ल्याइएका दुर्गा प्रसाईलाई काठमाडौं जिल्ला अदालतले १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमती दिएको छ। काठमाडौं प्रहरी परिसरको टोलीले शुक्रबार प्रसाईलाई जिल्ला अदालत उपस्थित गराएको थियो। प्रसाईविरुद्ध आपराधिक उपद्रव, संगठित अपराधलगायत कसुरमा म्याद लिएर अनुसन्धान सुरु भएको हो। प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा बिहीबार भारतको आसामबाट नियन्त्रणमा लिइएको थियो। शुक्रबार बिहान झापा ल्याइपुर्याइएका उनलाई भद्रपुरबाट विमानमार्फत काठमाडौं ल्याइएको थियो। गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंस्रक र अराजक बनेपछि त्यसका आयोजक प्रसाई भागेका थिए। उनी भागेको करिब दुई सातापछि पक्राउ परेका हुन्। यसबीचमा उनले दुईपटक सामाजिक सन्जालमा भिडियो राखेर आफु नेपालमै रहेको दावी गरेका…
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको बल्खुमा मंगलबार शान्तिपूर्ण प्रदर्शन गर्यो। राजसंस्था पुनर्वहालीको एजेन्डा बोकेको राप्रपाको यो कार्यक्रम चैत १५ मा दुर्गा प्रसाई समूहले गरेको कार्यक्रम विवादित बनेका कारण चासोपूर्वक हेरिएको थियो। तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्रबहादुर शाहीलगायतले कार्यक्रमलाई भव्य, संयमित र अनुशासित बनाए। कार्यक्रमबीच राप्रपाका कार्यकर्ताले सडक पनि सफा गरेका थिए।
काठमाडौं। काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादी प्रदर्शनका क्रममा भएको अराजक गतिविधिमा संलग्नहरुको खोजी प्रहरीले गरिरहेको छ। तोडफोड, आगजनी र लुटपाटमा संलग्नहरुलाई प्रहरीले पछ्याइरहेको छ। यसैक्रममा सोमबार केहीलाई पक्राउ गरेको छ जसमा त्यस दिन जलाइएको घरभित्र देखिएकी युवती पनि छिन्। आफुलाई राजावादी भन्ने पूर्व पत्रकार एनी कुँवरलाई प्रहरीले पक्राउ गरेको हो। उनले जलिरहेको घरबाट बाहिर निस्किएर लाइभ गर्दै उद्धार गर्न अपिल पनि गरेकी थिइन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने सोमबार जेल पुगेका छन्। उच्च अदालत तुल्सीपुरले सहकारी ठगी समब्न्धी मुद्धामा लामिछानेलाई जेल पठाउने आदेश गरेको केही घण्टामा प्रहरीले उनलाई गत शुक्रबार पक्राउ गरेको थियो। दुई दिन सार्वजनिक विदा परेकाले सोमबार लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। त्यस अदालतले लामिछानेलाई भैरहवा कारागारमा राख्ने आदेश गर्यो। भैरहवा कारागारमा रहेका चारवटा ब्लकमध्ये चार नम्बर ब्लकमा लामिछानेलाई राखिएको छ जुन ब्लकमा उनी एक्ला थुनुवा रहेका छन्। रवि लामिछाने कुनैपनि प्रकरणमा जेल पुगेको यो पहिलोपटक हो। यसअघि पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले त्यतिबेला पत्रकारितामा आबद्ध रहेका रविलाई पक्राउ गरेको थियो। तर उनी थुनछेक आदेशमै…
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने पक्राउ परेका छन्। उच्च अदालत तुल्सीपुरको आदेशलगत्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार राती लामिछानेलाई काठमाडौंस्थित उनकै निवासबाट पक्राउ गरेको हो। त्यसको केही घण्टा अघि मात्र अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालतको आदेश बदर गर्दै उनलाई मुद्ध पुर्पक्षका लागि थुनामा पठाइएको थियो। पक्राउ परेका लामिछानेलाई अब अदालतले कागजी प्रकृया पुरा गरेर कारागार चलान गर्ने छ। यसअघि रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्न थुनछेक आदेश गरेको थियो। उक्त आदेशविरुद्ध सरकार पक्ष र रवि दुवै उच्च अदालत पुगेका थिए। सहकारी ठगी सम्बन्धी मुद्धामा चारवटा जिल्ला अदालतले रविलाई धरौटीमा…
जरिवानाको पत्र लिएर पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार बसिरहेको निर्मला निवास पुगेको काठमाडौं महानगरपालिाको प्रहरी निराश भएर फर्किएको छ।आइतबार बिहान महानगरका प्रहरी पत्र लिएर निर्मल निवास पुगेका थिए। गेट खोलेर भित्र पस्नासाथ उनिहरुलाई त्यहा सुरक्षामा खटिएका शसस्त्र प्रहरीका अधिकारीहरुले बाहिर निकाले।।कस्ले छिराइएको तपाईहरुलाई भन्दै उनी नगर प्रहरी र सन्चारकर्मीहरुसँग झोक्किएका थिए। महागरका प्रहरीलाई निर्मल निवासको गेटबाट हटाउनेक्रममा सुरक्षाकमीले त्यस्तो कुनै पत्र बुझ्न भनेर भित्रबाट निदैशन नआएको र बुझ्नुपर्ने भने पहिल्यै जानकारी आउने गरेको जवाफ दिएका थिए।चैत १५ गते काठमाडौंको तिनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा भएको तोडफोड, आग्जनी र फोहोरका विषयमा काठमाडौं महानगरपालिको शनिबार विभिन्न ८ वटा शिर्षकमा पूर्व राजा…
