



Author: एनआरएन
काठमाडौं। एकछिन कल्पना गरौँ न, स्कटल्यान्ड शृंखलाका चारवटै खेल नेपालले जित्यो रे। अंक तालिकामा कहाँ पुग्छ? नेपाली टोलीको १६ खेलबाट १४ अंक हुने छ र तालिकाको छैटौँ स्थानमा उक्लिने छ। र कल्पना गरेजस्तै नेपालले चारवटै खेल जितेमा त्यो निकै ठुलो मेन्टल ‘बुस्ट अप’ हुने छ। किनभने अहिले नेपाल सबैभन्दा पुछारमा छ अर्थात आठौँ स्थानमा। १२ खेल खेलेर केवल ६ अंक जोडेको छ। नेपालले १२ खेल खेल्दा केवल २ खेल जितेको छ ८ खेल हारेको छ २ खेल वर्षाका कारण रद्ध भएको थियो। यो पृष्ठभूमीमा नेपालले विश्वकप लिग-२ मा अघि कल्पना गरेजस्तो शानदार कमब्यान गर्न सम्भव छ ? स्कटल्यान्डमा सोमबारदेखि नेपालले…
काठमाडौं। फ्रान्सको लिग वान क्लब पेरिस सेन्ट जर्मन-पीएसजीले सबैभन्दा बढी कसलाई सम्झेला, सबैभन्दा बढी इमोसनल कोदेखि होला ? प्रशिक्षक लुइस एनरिकदेखि की कप्तान मार्क्विनहोस् ? टिमका स्टार प्लेयर असरफ हाकिमी वा ओसामाने डेम्बेले की १९ वर्षे डिजायर डु। पीएसजीले पहिलो युरोपियन च्याम्पियन्स लिग जितेको श्रेय कसलाई जाला त ? अर्थात पीएसजीको सपना कसले पुरा गरेको थियो भनेर इतिहासले हिसाब गर्ला ? पीएसजीमा लियोनल मेस्सी, केलियन एमबाप्पे, नेमार, एन्जेल डी मारियाले दिलाउन नसकेको सफलता दिलाउने व्यक्ती भनेर को चिनिएला ? शनिबार राती इन्टर मिलानलाई ५-० गोलले हराएरले युरोपियन च्याम्पियन्स लिग उपाधिको सपना पुरा गरेपछि यी प्रश्नहरु अहिले चर्चामा छन्। कुनै…
काठमाडौं। फ्रान्सको पेरिस सेन्ट जर्मन-पीएसजीले युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ। शनिबार राती भएको फाइनलमा पीएसजीले इटालीको इन्टर मिलानलाई ५-० गोलले हरायो। पीएसजीको जितमा डिजायर डुले दुई गोल गरे। चर्चित असरफ हाकिमीले पनि एक गोल गरे। पहिलो हाफमा २-० गोलले अगाडि रहेको पीएसजीले मध्यान्तरपछि ३ गोल थपेको थियो। पीएसजीले क्लब इतिहासमा पहिलोपटक युरोपियन च्याम्पियन्स लिग हात पारेको हो। कुनै समय एकपटक हाकिमी, लियोल मेस्सी, नेमार, केलियन एमबाप्पे, एन्जेल डी मारियाजस्ता खेलाडी यो टिममा थिए तरपनि च्याम्पियन्स लिग जित्न सकेको थिएन। एकपटक फाइनलसम्म पुगेको थियो। दुई सिजनअघि मेस्सी र नेमार तथा गत सिजन एमबाप्पले पीएसजी छाडेका थिए। सन् २०११ मा…
काठमाडौं। सरकारले वार्षिक १० करोड रुपैयाँसम्मको कारोबार गर्ने स्टार्ट अप विजनेसलाई विषेश छुट दिने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले वार्षिक बजेट प्रस्तुत गर्दै त्यस्ता स्टार्ट अपलाई ५ वर्षसम्म आयकर नलिने बताए। यस्तै सरकारले विधार्थीलाई साताको २० घण्टा काम गर्ने व्यवस्था गरिने पनि जनाएको छ।
काठमाडौं। सरकारले आयातित मदिरामा अब प्रतिशतका दरले कर लगाउने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले लिटरका हिसाबले लाग्दै आएको कर अब प्रतिशतका दरले लाग्ने बजेट भाषणमार्फट सार्वजनिक गरे। यसको मतलब अब महँगो रक्सीमा धेरै धेरै पैसा र सस्तो रक्सीमा कम पैसा सरकारले प्राप्त गर्ने छ। बियर प्रतिलिटर २ सय रुपैयाँ लिने गरिएकोमा अब ८० प्रतिशत कर लगाइने छ। वाइनमा प्रति लिटर ३ सय रुपैयाँ कर लगाइएकामा अब ८० प्रतिशत निर्धारण गरिएको छ। साइडर, पेरी, साकेलगायत फर्मेन्टेड मदिरामा ४० प्रतिशत लिने गरिएकोमा त्यसलाई ८० प्रतिशत पुर्याइएको छ। ८० प्रतिशत वा त्यसभन्दा बढीका अल्कोहल क्षमताका स्पिरिट अर्थात मदिराको कच्चा पदार्थमा प्रति लिटर ६०…
काठमाडौं। विधुतीय सवारी साधनको आयातमा कर बढ्ने आशामा सवारी साधन भित्र्याएका व्यवशायीहरु जिल्लिएका छन्। सरकारले यसपटक विधुतीय सवारी साधनको आयातमा करलाई यथावत राख्ने निर्णय गर्यो। ५० किलोवाटसम्मको विद्युतीय गाडीमा भन्सार र अन्तःशुल्क गरेर १५ प्रतिशत कर लाग्छ । ५१ देखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लिइने गरिएको छ । १०१ देखि २०० किलोवाटसम्मको गाडीमा भन्सार ३० प्रतिशत र अन्तःशुल्क २० प्रतिशत लाग्दै आएको छ । २०१ देखि ३०० किलोवाटको विद्युतीय गाडीमा भन्सार ६० प्रतिशत र अन्तःशुल्क ३५ प्रतिशत तिर्नुपर्छ । त्यस्तै ३०० किलोवाटभन्दा माथिका विद्युतीय गाडीमा ८० प्रतिशत भन्सार र अन्तःशुल्क ५० प्रतिशत छ…
काठमाडौं। आगामी आर्थिक वर्षमा वृद्ध भत्ता पाउने उमेर ७० वर्ष पुर्याइएको छ। अर्थमन्त्री विष्णु पौडेलले वृद्ध भत्ता पाउने उमेर २ वर्ष बढाएका हुन्। आर्थिक वर्ष २०७९/८० मा तत्कालिन अर्थमन्त्री जनार्धन शर्मा प्रभाकरले वृद्ध भत्ता पाउने उमेरलाई ६८ वर्षमा झारेका थिए। यसपटक फेरी ७० वर्ष पुर्याइएको छ। त्यतिबेला चुनावको मुखमा सरकारमाझ लोकप्रिय बन्न सरकारले वृद्ध भत्ता पाउने उमेर घटाएको थियो। सरकारले वृद्ध भत्ताबापत मासिक ४ हजार रुपैयाँ दिँदै आएको छ। २०५२ सालमा तत्कालिन मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्ध भत्ता दिने चलन सुरु गरेको थियो। त्यतिबेला अर्थमन्त्री भरतमोहन अधिकारी थिए। ०५७/५८ मा तत्कालिन अर्थमन्त्री महेश आचार्यले ५० रुपैयाँ थपेर मासिक एक सय…
काठमाडौं : अमेरिकामा रहेका चिनियाँ विधार्थी यतिबेला तनावमा छन्। त्यस्तै समाचार आइरहेका छन्।कतिबेला अमेरिकाले भिसा रद्ध गर्ला र फर्किनु पर्ला भन्ने चिन्ता उनिहरुलाई छ। धेरैले चीनसँग बढ्दो ट्रेड वारबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा रहेका चिनियाँ विधार्थीलाई ढाल बनाउन खोजेको टिप्पणी गरिरहेका छन्। अघिल्लो वर्षको तथ्यांकलाई हेर्न हो भने अमेरिकामा रहेका विदेशी विधार्थिमध्ये २५ प्रतिशत चिनियाँ छन्। अर्थात हरेक चार जना विदेशी विधार्थीमा एक जना चिनियाँ रहेका छन्। अमेरिकामा पढ्ने विदेशी विधार्थीमध्ये नम्बरको हिसाबले सँधै पहिलो रहने गरेको चीन गत वर्ष मात्र पछाडि परेको थियो। अन्तर्राष्ट्रिय सन्चार माध्यममा आएका तथ्यांकका आधारमा भने गत वर्ष अमेरिकामा करिब २ लाख…
काठमाडौं। आागामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, वैदेशिक अनुदानबाट ५३ अर्ब ४५ करोड र वैदेशिक ऋणमार्फत २ खर्ब ३३ खर्ब असुली गर्ने उल्लेख गरे। उक्त बजेटमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब र वित्तीय व्यवस्थाका लागि ३ खर्ब ७५ अर्ब बजेट विनियोजन गरेका छन्। प्रदेश तथा स्थानीय तहको वित्तीय हस्तान्तरणका लागि अर्थमन्त्री पौडेलले ४ खर्ब १७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका छन्।
काठमाडौं। नौ वर्षअघि सम्बन्ध विच्छेद गरेका श्रीमान। विवाह गरेको तीन महिनामै आफ्नै दाजुको हत्या गरेर सुजन कोइराला जेल परेपछि श्रीमती दीपाले आफ्नो बाटो तय गरिन् र अर्को विवाह गरिन्। अहिले दुई छोरीसहित दीपा पाल्पाको तानसेनमा काम गर्दै बसिरहेकी थिइन। मान वैदेशिक रोजगारीमा गएर परिवारको सुन्दर सपना बुनिरहेका थिए। तर उनै दीपा बुधबार बिहान बुटवलको होइराजनचोकमा रहेको एक घरमा मृत भेटिइन्। दीपा मात्र होइन, उनिका दुई छोरीहरु मारिएको अवस्थामा फेला परे। तीनै जनाको शरिरमा धारिलो हतियार प्रहार गरिएको थियो। यतिबेला दीपाको माइती पक्ष, श्रीमान र अन्य आफन्तमा सन्नाटा छाइरहेको छ। उनिहरु आफ्नो परिवारमा घटेको यो कहालीलाग्दो घटना पत्याउन सकिरहेका छैनन्। उनिहरु…